समाचार

बारा बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या १६ पुग्यो

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा बस दुर्घटनामा परी मृत्यु भएका नौजनाको सनाखत भएको छ । बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जनामध्ये नौ को सनाखत भएको प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए । मृत्यु हुनेमा पर्साको विरगन्ज महानगरपालिका–१६ की मुन्नीदेवी चौरसिया, हेटौँडा उपमहानगरपालिका–७ की ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बाराको कलैया–१० का नगरीन खातुन, बाराको अमलेखगञ्जका सुरेश विक, बाराको कलैयाका इन्ताज अन्सारी, खोखलढुङ्गाका… पुरा पढौ

प्रज्ञा प्रतिष्ठानमा कुलपति र सदस्यसचिव रिक्त

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायको चार वर्षे कार्यकाल आजदेखि पूरा हँुदैछ । उहाँहरुको २०७५ असोज २१ गते नियुक्ति भएको थियो । प्राज्ञ परिषद्का अन्य नौ सदस्यको कार्यकाल भने आगामी पुस १ गते सकिनेछ । प्राज्ञ डा देवी नेपालका अनुसार रिक्त पदमा उपकुलपति डा जगमान गुरुङले निमित्त कुलपति र प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य÷काव्य) विभाग प्रमुख प्राडा हेमनाथ पौडेलले निमित्त सदस्यसचिवको कार्यभार वहन गर्नुहुनेछ । पुरा पढौ

पाँच दलीय गठबन्धनकोे बैठक बालुवाटारमा सुरु

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिमरुप दिने विश्वास गरिएको छ । निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज पनि बैठक सुरु भएको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राससलाई जानकारी दिनुभयो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेद्वारी दर्ता कार्यतालिका… पुरा पढौ

सिद्धार्थ राजमार्गको वालिङ–गल्याङ खण्ड अवरुद्ध

सुनौली पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ–गल्याङखण्ड अवरुद्ध भएको छ । आज बिहान ४ बजेतिर गल्याङ–८ झोल्पेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो । बिहानदेखि अवरुद्ध भएको सडक खुलाउनका लागि सडक विभागको डोजर पठाउन समन्वय भइरहेको छ । अविरल वर्षासँगै खसेको पहिरोका कारण दसैँको टीका तथा आशीर्वाद थाप्नका लागि आफन्तकोमा आउने जानेहरु बीचमै रोकिएका छन् । त्यस्तै स्याङ्जा र कास्कीको सीमास्थित कुभिण्डेमा पनि अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी… पुरा पढौ

दशैंको टिकाको साईत ११ बजेर ५१ मिनेटमा

नेपालीको महान चाँड बदादशैंको आज मुख्य दिन, टिकाको साईत ११ बजेर ५१ मिनेटमा रहेको छ । साईत खोजेर टिका लगाउनेका लागि सो समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको हो । यद्यपी सामान्य मानिसले टिका लगाउन साईत कुर्न नपर्ने समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले बताए । राज्य सन्चालकका लागि उत्तम साइत आवश्यक पर्ने भएपनि अन्य सामान्य नागरिकका लागि उत्तम साईत कुर्न नपर्ने उनको भनाई छ । राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने… पुरा पढौ

आज बडादशैंको मुख्य दिन टिका लगाएर मनाईदै

१९ असोज नेपालीको महान चाँड बडा दशैंको आज मुख्य दिन टिका । मान्यजनको हातबाट टीका र जमरा लगाइँदै छ । नवरात्रीका नौं दिन पूजा गरिएको देवीको प्रसादको रुपमा रहेको टीका र जमरा लगाईदिने चलन रहेको हो । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । नेपालको पुर्वी क्षेत्रमा बिजयादशमीदेखि कोजाग्रत पुर्णिमाको दिनसम्म नै टिका लगाउने चलन छ । तर पश्चिमी क्षेत्रमा भने बिजयादशमीका दिनमा मात्रै टिका लगाउने चलन छ… पुरा पढौ

निसी प्रहरी चाैकीद्वारा शुभकामना आदानप्रदान,विवादित जग्गा विषयमा सराेकारवालाहरुसंग छलफल

निसीखाेला । निसीखाेला गाउपालिका वडा न. ५ स्थित निसी प्रहरी चाैकीले दशै, तिहार तथा छठ पर्वकाे अवसरमा शुभकामना आदानप्रदान गरेकाे छ । चाैकीले निसीखाेला गाउपालिका तथा वडा प्रतिनिधि तथा विभिन्न राजनैतिक दल,विभिन्न सराेकारवालाहरुका विचमा आज शुभकामना आदानप्रदान गरेकाे हाे । कार्यक्रममा आफ्नै भवनमा चाैकी व्यवस्थापन गर्ने याेजनाका साथ जग्गा खरिद प्रकृयामा भएकाे विवादमा छलफल भएकाे छ । उक्त अवसरमा पुर्व गाविस अध्यक्ष नर बहादुर घर्तीमगरले आफ्नो कार्यकालमा सरकारसंग निकै लामाे संघर्ष गरेर निसीवासीकाे शान्ति र सुरक्षाका लागि चाैकीकाे स्थापना गरेकाे… पुरा पढौ

बडादशैंको नवौं दिन, महानवमी पर्व मनाईंदै

नेपालीको महान चाँड बडादशैंको आज नवौं दिन, महानवमी पर्व । नवदुर्गा भवानीको विशेष पूजा अर्चना गरेर मनाईदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन महानवमी पर्व मनाईने गरिन्छ । आज नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्री देबीको विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।महानवमीका दिन घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाउने चलन रहेको छ । महानवमीको दिन दशैंघर र… पुरा पढौ

३२ दलले सच्याए समानुपातिकतर्फको बन्दसूची

आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि ३२ राजनीतिक दलले समानुपातिक बन्दसूची परिमार्जन गरेका छन् । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिकको बन्दसूची सच्याएर बुझाउन हिजोसम्मको समयसीमा दिएर ४८ राजनीतिक दललाई पत्राचार गरेको थियो । निर्वाचन आयोग राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार ती ४८ दलमध्ये प्रतिनिधि सभातर्फ ३२ वटा राजनीतिक दलले समानुपातिकको बन्दसूची सच्याएर बुझाएका हुन् । प्रदेश सभातर्फ प्रदेश एकमा ३१ दल, मधेस प्रदेशमा २१, वागमती प्रदेशमा २०… पुरा पढौ

निर्वाचन आयोगले तोक्यो उम्मेदवारले गर्ने खर्चको सीमा

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको सीमा तोकेको छ । आयोगले निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानी सुत्रमा आधारित भई विद्यमान कानूनबमोजिम निर्वाचनका लागि खर्चको हद तोकेको हो । खर्चको सीमा तोकिनुपूर्व आयोगले दलहरूसँग गरेको परामर्शमा सबै निर्वाचन क्षेत्रमा एकै प्रकारको खर्चको हद नतोक्न सुझाव आएअनुसार आयोगले फरक फरक हुने गरी निर्णय गरेको छ । खर्चको हद निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते कायम भएको मतदाताको… पुरा पढौ