समाचार

ट्होँटेको अवसरमा मंगलबार पोखरामा स्थानिय विदा घोषणा

पोखरा, २९ साउन ।गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित विद्यालयहरूमा स्थानीय बिदा दिएको छ । साउन ३१ गते मङ्गलवार महानगर भित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र मन्टेश्वरी समेतमा स्थानीय बिदा दिएको हो । वर्षभरिबाट विद्यालय वा मन्टेश्वरी आफैले गर्न सक्ने स्थानीय बिदाबाट कट्टा गर्ने गरी बिदा दिन भनिएको शिक्षा महाशाखाका निर्देशक हेम प्रसाद आचार्यले जानकारी दिनुभयो । गुरुङ समुदायले साउन महिनाको अन्तिम मङ्गलवार र चैत्र महिनाको अन्तिम मङ्गलवार गरी वर्षमा दुई पटक आफ्नो… पुरा पढौ

दोषीलाई उन्मुक्ति नदिने गरी विधेयक परिमार्जन गर्नुपर्नेमा जोड

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा मानवीय कानूनविपरीत गरिएका कार्यलाई तथा सम्बन्धित दोषीलाई उन्मुक्ति नदिने गरी परिमार्जन गर्नुपर्नेमा विभिन्न राजनीतिक दलका प्रतिनिधिले सुझाव दिएका छन । यहाँ आज आयोजित कार्यक्रममा द्वन्द्वका समयमा अन्तर्राष्ट्रिय कानूनविपरीत हत्या, यौन हिंसालगायत अपराधमा संलग्न पक्षलाई कडाइका साथ दण्डित गर्ने गरी विधेयक परिमार्जन गर्न सहभागी वक्ताहरुले जोड दिएका हुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नानु बाँस्तोलाले सशस्त्र द्वन्द्वमा अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको गम्भीर उल्लङ्घन भएका विषयलाई… पुरा पढौ

खानेपानीमा ग्राहक सन्तुष्टी सर्वेक्षण प्रभावकारी

पोखरा । नेपाल खानेपानी संस्थान पोखरा शाखामा आवद्ध ग्राहक सन्तुष्टी सर्वेक्षण प्रभावकारी भएको बताइएको छ । सहरी क्षेत्ररुमा खानेपानी आपुर्ति सुधारका लागि संस्थानको क्षमता अभिवृद्धि परियोजना अन्तर्गत जापानिज सहयोग नियोग जाईकाको सहयोगमा आइतबार पोखरामा भएको कार्यक्रममा ग्राहक सन्तुष्टी सर्वेक्षणको बारेमा विभिन्न धारणा व्यक्त गरिएको हो । कार्यक्रममा नेपाल खानेपानी संस्थान संस्थागत सेवा महाशाखाका प्रमुख एवं परियोजनाका प्रोजक्ट म्यानेजर त्रीदीपकुमार श्रेष्ठले समय अनुसार परिवर्तित विषय र चाहनालाई जापान सरकार जाईकाले खानेपानी क्षेत्रमा ठूलो सहयोग गरेको बताए । परिवर्तनलाई दीगो र संस्थागत… पुरा पढौ

विन्ध्यवासिनी मा.वि द्वारा विद्यार्थीहरुलाई सम्मान, ३१ गते राष्ट्रपती भण्डारी सहभागी हुने

पोखरा । पोखराको बाटुलेचौर स्थित विन्ध्यवासिनी माध्यमिक.विद्यालयले आफना पूराना विद्यार्थीहरुलाई सम्मान गरेको छ । हीरक जयन्ती समापन तथा नवनिर्मित भवन उद्घाटनको पूर्व सन्ध्यामा विद्यालयमा आयोजित पुनर्मिलन कार्यक्रममा विद्यालयले स्थापनाकालिन विद्यार्थी ईन्द्रबहादुर बाँनिया, हेमबहादुर बाँनिया, जीवबहादुर बाँनिया, चतुरमान श्रेष्ठ, लोकबहादुर थापा, क्या. उदयबहादुर भण्डारी, उक्तप्रसाद पौडेल, कृष्णप्रसाद तिमिल्सीना, ई. कोमलप्रसाद तिमिल्सीना, दशरथ गौतम, ज्ञानबहादुर के.सी र टेकनाथ काफ्ले लाई सम्मान गरेको हो । सो अवसरमा पहिलो प्रवेशिका परीक्षा २०२१ सालमा सहभागी नरहरी भट्टराई, बलराज पौडेल, कृष्णमानसिंह भण्डारी, मूलराज तिमिल्सिना, तोयानाथ पौडेल,… पुरा पढौ

पहिरोमा स्काभेटर पुरिँदा चालकको मृत्यु

कर्णाली । डोल्पाको त्रिपरासुन्दरी नगरपालिका– ३स्थित जिउभन्ने स्थानमा एक स्काभेटर पहिरोमा पुरिँदा चालकको मृत्यु भएको छ । आज बिहान करिब ९ बजेतिर बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो आएर स्काभेटर पुरिएको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । स्काभेटर पुरिँदा नेपालगञ्ज उपमहानगरपालिका १९ बाँके राझा मोहोनपुर निवासी करिब ३२ वर्षीय सुरज बसाल मगरको मृत्यु भएको उनले बताए । प्रवक्त श्रेष्ठका अनुसार दुर्घटनाको खबर पाएलगत्तै डोल्पा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दीपक महत क्षेत्रीको… पुरा पढौ

नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक २७ दशमलब ९२ अङ्कले ओरालो लागेर दुई हजार १० दशमलब शून्य एकमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलब ७६ अङ्कले ओरालो लागेर तीन सय ८७ दशमलब ९० मा ओर्लेको छ । कूल २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता शेयर रु एक अर्ब ८७ करोड ३२ लाख ८१… पुरा पढौ

नाङ्गी बाराहनीको दर्शन गर्न आउने बढे

गलकोट । जङ्गलको बीचमा सानो पोखरी, छेउमै नाङ्गी बराहनी माताको मन्दिर । सोही पोखरीमा डुबेका दुई मगर जातका कुमार पुजारी ।उक्त दृश्य हो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा अवस्थित नाङ्गी बराही मन्दिर परिसरको । भक्तजनले मागेको बर पूरा गर्ने मनोकाङ्क्षाका साथ उक्त मन्दिरमा बर्सेनि पुग्ने भक्तजनको सङ्ख्यामा वृद्धि भइरहेको छ । वर्षमा एकपटक श्रावण शुक्लपक्ष जनैपूर्णिमाका दिनमात्रै विशेष पूजाआजा हुने नाङ्गी बराहनी माताको पछिल्लो समय भक्तजनको ओइरो नै लाग्ने गरेको छ । कतिपयले बर माग्ने र कति मागेको बर पूरा भएपछि… पुरा पढौ

बाह्य पर्यटकको भ्रमण गन्तव्य मनाङ

मनाङ। बाह्य पर्यटक नेपाल आउने क्रममा विशेषगरी मनाङलाई मुख्य गन्तव्य बनाएर आउने गरेको पाइएको छ । प्राङ्गारिक खाद्य पदार्थ, प्राकृतिक रहनसहन, रमणीय वातावरणको अवलोकनका लागि मनाङ देशकै प्रसिद्ध गन्तव्यको स्थल मानिन्छ । बाह्य पर्यटक विशेषगरी नेपाल भ्रमण तालिकासहित आउँदा मनाङलाई भ्रमणको मुख्य सूची बनाएर आउने गर्दछन् । सबैभन्दा उचाइमा रहेको तिलिचो ताल र थोराङ्ला पास हुँदै हिमाली क्षेत्रको अवलोकन र मनोरम दृष्यको अनुभव संगाल्ने लक्ष्यका साथ उनीहरु यहाँ आउने गर्दछन् । साहसिक खेल मन पराउने पर्यटकका लागि मनाङलाई मुख्य गन्तव्यस्थलकैरुपमा… पुरा पढौ

प्रतिनिधिसभाको आजको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठक विधेयक पारित गर्न आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । आजको पहिलो बैठक पनि गणपूरक सङ्ख्या अपुग भएपछि स्थगन भएको थियो । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले बैठकमा गणपूरक सङ्ख्याको प्रश्न उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट जनाउ घण्टी बजाएर गणना गर्न निर्देशन दिएका थिए । गणना हुँदा गणपूरक सङ्ख्या ६९ हुनुपर्नेमा उपस्थिति सङ्ख्या ६७ मात्रै भएपछि आजको कार्यसूची हटाएर अर्को बैठक यही साउन ३१ गतेका लागि तोकिएको हो ।रासस पुरा पढौ

निर्वाचनमा सहयोगी भूमिका निर्वाह गर्न आयोगको अपिल

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सञ्चारमाध्यमलाई आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल तुल्याउन उपयुक्त वातावरण बनाउने काममा सहयोग पु¥याउन आह्वान गरेको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निश्पक्ष र मितव्ययी बनाउन आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ । आयोगद्वारा यहाँ आज आयोजित आमसञ्चार माध्यममका सम्पादक तथा प्रमुखसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचन सफल तुल्याउन महत्वपूर्ण भूमिका रहेको मुलुकका जिम्मेवारी आमसञ्चार माध्यमबाट… पुरा पढौ