समाचार

रैथाने बालीको बीउ खरिद गर्न घरमै पुग्छन् व्यापारी

मान्म । कालीकोटको स्थानीयस्तरमा उत्पादन हुने रैथाने बालीको बीउ खरिद गर्न व्यापारी घरमा नै पुग्ने गरेका छन् । कालीकोटमा उत्पादन हुने रैथाने अन्नबाली सिमी, फापर चिनो, कागुनो, स्याउ, ओखरलगायतका खाद्यान्न खरिद गर्न व्यापारी घरघरमा पुग्ने गरेका छन् । रैथाने अन्नबालीलाई सेतो चामलसँग व्यापारीले साट्ने गरेको बताइएको छ । एक किलो बीउ बराबर दुई किलो सेतो चामल दिने गरेको तिलागुफा नगरपालिका–४ का पूर्ववडाध्यक्ष खड्कबहादुर शाहीले बताए । यहाँ उत्पादन हुने अन्नबालीको बीउको माग देशका विभिन्न ठाउँमा बढ्दो भएका कारणले व्यापारीले फल्नुभन्दा… पुरा पढौ

गोसाइँकुण्डको भेटी सार्वजनिक

रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी सार्वजनिक गरिएको छ । पुजारीबाट सङ्कलन गरिएको भेटीलाई लाङ्टाङ् राष्ट्रिय निकुञ्जका कर्मचारी र गोसाइँकुण्ड क्षेत्र विकास समितिका पदाधिकारीले धुञ्चे पु¥याइ जिल्ला प्रहरी कार्यालयको रोहवरमा गणना गरी सार्वजनिक गरिएको हो । समितिका अध्यक्ष संञ्जिव डिएमले भेटी रू तीन लाख २२ हजार एक सय १५ सङ्कलन भएको जानकारी दिए । गोसाइँकुण्ड पुगेका सबै यात्रु आआफ्नो गन्तव्यतर्फ फर्किइ तीर्थस्थल खुल्ला भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मेला अवधिमा यात्रुबाट… पुरा पढौ

निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने माग

बाँके । श्रीमानको उपचारमा सात लाख रुपँैया खर्च भयो । तर पनि रोग निको नभएको बाँके बैजनाथ गाउँपालिका ३ कि शर्मिला थारुको गुनासो छ । शर्मिलाका श्रीमान्लाई सिकलसेल एनिमिया भएको छ । यो रोगको उपचार खर्चिलो छ । यो रोग लागेमा पोषणयुक्त खानपान र रहनसहन व्यवस्थित गर्न सकियो भने सामान्य जीवन भने बाँच्न सकिने चिकित्सकको भनाइ छ । थारु समुदायमा देखिएको यो वंशाणुगत सर्ने रोग हो । यो श्रीमान्बाट श्रीमतीमा सर्दैन तर उनीहरुबाट जन्मेको बच्चामा सर्ने सम्भावना अधिक हुन्छ ।… पुरा पढौ

बिर्तामोडको फोहर निजी जग्गामा व्यवस्थापन गरिने

बनियानी । केही दिनदेखि सडक किनारमै रहेको बिर्तामोडको फोहर उठ्ने भएको छ । नगरपालिका क्षेत्रको फोहर निजी जग्गामा व्यवस्थापन गरिने भएसँगै फोहर उठ्ने भएको हो । नगरमा उत्पादित फोहर तत्कालका लागि बिर्तामोड–८ हर्चनास्थित सुरेन्द्र नेपालको निजी जग्गामा बिर्सन गरिने भएको नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले जानकारी दिए । जग्गाधनीसँग सहमति भइसकेकाले नगरको फोहर आजदेखि नै उठाइने उनले बताए । बिर्तामोडमा फोहर व्यवस्थापनमा समस्या हुँदा केही दिनयता फोहोर सडक किनारमै रहेको छ । सर्वदलीय बैठकमार्फत फोहर व्यवस्थापन गर्न सबै राजनीतिक दल, स्थानीयवासी… पुरा पढौ

घाँस उत्पादन गर्ने किसानलाई महानगरबाट अनुदान

कास्की । पोखरा महानगरपालिकाले घाँस उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न नगद अनुदान प्रदान गरेको छ । घाँसमा आधारित पशुपालनमा जोड दिन महानगरले किसानलाई नगद अनुदान दिएको हो । महानगरको सघन घाँस विकास कार्यक्रम अन्तर्गत महानगरभित्र घाँस खेती गर्ने ९३ किसानलाई रु १४ लाख ६५ हजार पाँच सय ९० अनुदान दिइएको हो । महानगरमा गत आर्थिक वर्षमा चार सय ८९ रोपनी क्षेत्रफलमा घाँस लगाइएको र सात हजार तीन सय ३५ मेट्रिक टन घाँस उत्पादन भएको महानगर पशु सेवा शाखाका प्रमुख नवराज… पुरा पढौ

बन्न सकेन चालक अनुमतिपत्र ‘स्मार्ट’

काठमाडौँ । ‘स्मार्ट’ भन्नासाथ के बुझ्नुहुन्छ ? अहिले समयमा जोकोहीलाई ‘स्मार्ट’ शब्द भन्नाले छोटो समयमा र सजिलो तरिकाले सेवा उपलब्ध गराउने नयाँ प्रणाली भन्ने लाग्नु स्वभाविक हो । चालक अनुमतिपत्रका हकमा भने यो कुरा ठ्याक्कै विपरित भएको छ । ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु भएपछि नागरिकले सेवा लिन चालक अनुमतिपत्र लिन झन ढिला र हैरानी पाएका छन् । एक वर्ष पहिले चालक अनुमतिपत्र नवीकरणका लागि एकान्तकुनास्थित कार्यालयमा जानुभएका भक्तपुरका पुजन फुँयाल यसबीचमा तीन पटकसम्म कार्यालय पुगिसकेका छन । यस पटक पहिले… पुरा पढौ

लक्ष्यभन्दा कम राजस्व सङ्कलन

गोदावरी । धनगढीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७८÷८९ मा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ । कार्यालयले रु पाँच अर्ब ७८ करोड १२ लाख ७८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु तीन अर्ब ९४ करोड ९९ लाख ७२ हजार मात्रै सङ्कलन गरेको जनाएको छ । सो रकम लक्ष्य भन्दा ३२ प्रतिशतले कम हो । कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलका अनुसार कूल राजस्वका शीर्षकमध्ये गत आर्थिक वर्षमा आयकर र स्वास्थ सेवा कर भने लक्ष्यभन्दा बढी सङ्कलन भएको छ ।… पुरा पढौ

बागलुङ–पोखरा मगर समाजको अध्यक्षमा पुनः थापा सर्वसम्मत

पोखरा । बागलुङ–पोखरा मगर समाजको आठौं अधिवेशन तथा १६ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि गजेन्द्र थापामगर सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनबाट समाजको उपाध्यक्षमा सु.मे. चन्द्रबहादुर थापामगर, सचिवमा रूद्रबहादुर श्रीसमगर, सह–सचिवमा गौरीदेवी थापामगर, कोषाध्यक्षमा कृष्णा पुनमगर र सह–कोषाध्यक्षमा नरमाया पुनमगर सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी, सदस्यहरूमा चन्द्रकली थापामगर, सु.मे. रामबहादुर थापामगर, सु.मे. सूर्यबहादुर रानामगर, पदमबहादुर श्रीसमगर (थमन), सुनिता रानामगर, राकेश थापामगर, होमबहादुर थापामगर, गिरबहादुर रानामगर, दलबहादुर थापामगर, हिरा पुनमगर र कृष्णा रानामगर रहेका छन्… पुरा पढौ

निर्वाचन सुरक्षा रणनीति र चुनौतिबारे छलफल

काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा छ सदस्यीय ‘केन्द्रीय कमाण्ड पोष्ट’ बनाउने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको समिति बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति र आइपर्नसक्ने चुनौतिबारे छलफल गरेपछि केन्द्रीय कमाण्ड पोष्ट बनाउने निर्णय गरिएको हो । सिंहदरवारस्थित गृह मन्त्रालयमा भएको समिति बैठकमा निर्वाचन व्यवस्थापन, तयारी, निर्वाचन सुरक्षा योजना र सुरक्षा जनशक्ति परिचालनका… पुरा पढौ

जनप्रतिनिधि उत्पादनसंग जोडिनु पर्दछ :उपसभामुख शर्मा

नवलपुर । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिला जनप्रतिनिधिहरु जनसेवामा समर्पित हुँदै आयआर्जनसंग जोडिनु पर्ने बताएका छन् । नवलपुर जिल्लास्थित मध्यविन्दु नगरपालिकाद्धारा आयोजित महिला जनप्रतिनिधिसंगको अन्तरकृया कार्यक्रममा बोल्दै उनले आर्थिकरुपमा सवल बन्नका लागि उत्पादनसंग जोडिनुको विकल्प नभएको बताए । बजार आवश्यकताको अध्ययनका आधारमा वस्तु उत्पादन गर्नुपर्ने र उत्पादित वस्तुको बजारीकरणमा स्थानीय सरकार जिम्मेवार हुनु पर्नेमा उपसभामुख शर्माको जोड थियो । पालिकामा महिला तथा वालवालिका सम्वन्धित धेरै शिर्षकमा रकमान्तर गरिएको बताउदै उनले त्यसको भरपुर उपयोगमा जनप्रतिनिधि महिलाहरु सचेत हुनु पर्ने आवश्यकता… पुरा पढौ