समाचार

कृषि उत्पादन बढाउन एमाले अध्यक्ष ओलीको आग्रह

काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् । एमालेको कृषि तथा पशुपक्षी केन्द्रीय विभागले आज अध्यक्ष ओली र कृषि वैज्ञानिकसँगको छलफल कार्यक्रममा उहाँले नेपालमा कृषि बजारको अभाव नभएको र तर त्यसको सही व्यवस्थान हुन नसकेको उल्लेख गरे । पूर्वप्रधानमन्त्री ओलीले जमिन बाँझो नराखी कृषि क्षेत्रको विकासका लागि प्रविधिको प्रयोगमा जोड दिएर यसक्षेत्रमा संलग्न हुने जनशक्ति घटाउनुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले वर्तमान सरकारले शिक्षा, प्रविधि र… पुरा पढौ

तेक्वान्दोको रेफ्रि रिफ्रेसर तथा सेमिनार पोखरामा सम्पन्न

पोखरा । गण्डकी प्रदेशका ६ वटा जिल्लामा तेक्वान्दो खेल सामाग्री सहयोग हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेशका कास्की, तनहुँ, म्याग्दी, पर्वत, बागलुङ, गोर्खा र नवलपुर जिल्लाको लागि तेक्वान्दो खेल सामाग्रि चेस कभर, हेड गार्ड किकिङ प्याड एक समारोहका बिच बुधबार पोखरामा सहयोग हस्तान्तरण गरिएको नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष जगन गुरुङले बताए । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले २ लाख ८० हजार मुल्य बराबरको खेल सामाग्रि हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नवौं राष्ट्रिय… पुरा पढौ

फोनिज गण्डकीलाई मैत्रीपुर्ण फुटसलको उपाधि

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको आयोजना भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि आयोजक गण्डकी फोनिज जितेको छ । फोनिजको २३ औं स्थापना दिवस मनाउने क्रममा फोनिज गण्डकीले आयोजना र कास्की जिल्ला शाखाको सहआयोजनामा भएको पुरुष तथा महिला मैत्रीपुर्ण फुटसलमा दुवै खेलमा फोनिज विजयी भएको हो । पुरुष टिममा फोनिज गण्डकीले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको टिमलाई टाइब्रेकरमा ५–४ गोल अन्तर पराजित गरेको हो । महिला तर्फ फोनिज गण्डकीको टिमले कास्कीमा महिला पत्रकारको टिमलाई टाइब्रेकरमै ४–३ गोल… पुरा पढौ

अबको ११ महिनामा नेटा लुकुन्स्वाँरा–पोखरा २२ को वडा देखि पुम्दीकोटसम्म पिच सडक हुने

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा २२ मा निर्माण हुन लागेको नेटा लुकुन्स्वाँरा–वडा देखि पुम्दीकोटसम्म पिच सडक निर्माणमा रकम अभाव नहुने बताएका छन् । उक्त पिच सडकको बुधबार शिलन्यास गर्दै मन्त्री बरालले पुम्दी भुम्दीको रणनितीक महत्व रहेको उक्त बाटो निर्माणमा रकम अभाव नहुने बताएका हुन् । उक्त सडक निर्माणको क्रममा सबैले मन खुलेर सहयोग गर्न आग्रह गर्दै मन्त्री बरालले समयमै र गुणस्तरिय सडक निर्माणमा जुट्न आग्रह गरे । सडक विस्तारको क्रममा जग्गा उपलब्ध गराउने… पुरा पढौ

सन्दर्भ सामुदायिक वन दिवस : मैदि पाखो सामुदायिक वनको पहिरोमा वृक्षारोपण

पोखरा । सातौ राष्ट्रिय सामुदायिक दिवसको अवसरमा पोखराका तीन वटा वडालाई समेटेको मैदिपाखो सामुदायिक वनमा पहिरो गएको स्थानमा आज वृहत वृक्षारोपण कार्यक्रमको आयोजना गरियो । २०७६ साल भदौमा गएको पहिरोमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्कीको समन्वय एवम मैदिपाखो सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा बाँस, तेजपात, अमला लगायतका चार समय भन्दा बढी विरुवा रोपिएको हो । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल केन्द्रीय सदस्य एवमं प्रचार विभाग प्रमुख हरिप्रसाद बास्तोलाले तेजपातको विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै रोपिएका विरुवाको संरक्षण गर्नु हामी… पुरा पढौ

गैरसरकारी संस्थाहरुलाई परिणाममुखी काम गर्न पौडेलको निर्देशन

पोखरा, साउन २५ जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गैरसरकारी संस्थाहरुलाइ परिणाममुखी काम गर्न निर्देशन दिएका छ्न। पौडेलले केही गैरसरकारी संस्थाहरू नाफा कमाउन बढी केन्द्रित हुने गरेको आरोप लाग्ने गरेको भन्दै जनताका आबश्यकतालाइ मध्यनजर राखेर नीति तथा योजना निर्माणमा लाग्न आग्रह गरे । प्रमुख पौडेलले सो कुरा जिल्ला समन्वय समितीले कास्कीलाइ कार्यक्षेत्र बनाएर विभिन्न क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुको लागि आयोजना गरेको दुई दिवसिय समिक्षा बैठकमा बोल्दै उक्त कुरा बताएका हुन। उनले हरेक क्षेत्र पारदर्शिता ,जबाफदेहिता र उत्तरदायित्व बिना… पुरा पढौ

युएनडिपीको आयोजनामा चुनाव अगाडि गण्डकीका महिला सांसद अन्तर प्रदेश भ्रमणमा जाने

पोखरा, साउन २६ सरकारले संघ र प्रदेशको निर्वाचन आगामी मंसिर ४ गते गर्ने भनेर मिति घोषणा गरेको छ । निर्वाचन आयोगले निर्वाचनको तयारी शुरु गरेको छ । उसले निर्वाचन तालिकासमेत सार्वजनिक गरिसकेको छ । देश निर्वाचनमय भइरहँदा गण्डकी प्रदेशका महिला माननीयहरु अन्तर प्रदेश भ्रमणमा निस्किने तयारी गरेका छन् । युएनडिपीको आयोजनामा गण्डकी प्रदेश सभाका महिला सदस्य (सांसद)हरु अन्तर प्रदेश भ्रमणमा जाने तयारीमा जुटेका हुन् । युएनडिपीले महिला सांसदहरुलाई आगामी भदौ ५ गतेदेखि १२ गतेसम्म अन्तरप्रदेश भ्रमणमा लैजाने तयारी गरेको छ… पुरा पढौ

बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चित भएपछि मात्रै रूख काट्ने अनुमति दिइने बताएका छन । सामुदायिक वन दिवस, २०७९ का अवसरमा आज आयोजित राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले आफू व्यक्तिगत रुपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पक्षधर भएकाले मुआब्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र बजेटको सुनिश्चितता नहुँदासम्म एउटा रूख पनि काट्न नदिने बताएको उनको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।… पुरा पढौ

भारतमा १६ हजारभन्दा बढीमा कोरोना सङ्क्रमित

भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार ४७ नयाँ सङ्क्रमित भएका हुन् । यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४१ लाख ९० हजार ६ सय ९७ सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ । भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख २८ हजार दुई सय ६१ रहेको छ । कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ५४… पुरा पढौ

विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले बैठकमा सो प्रस्ताव प्रस्तुत गरेका थिए । सांसदहरुले उठाएको जिज्ञासामा मन्त्री चौधरीले नागरिकको मौलिक हकका रुपमा रहेको स्वच्छ खानेपानी पाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि यस विधेयकमा प्रबन्ध गरिएको बताए । उनले विगतमा जलस्रोत ऐनअन्तर्गत नै खानेपानीको समग्र प्रणाली सञ्चालनमा हुने गरेको यथार्थ पेस गर्दै अब भने खानेपानीको सम्बन्धमा स्पष्ट नीति तथा कानुनको प्रबन्ध हुने विश्वास व्यक्त गरे… पुरा पढौ