तनहुँ । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय सरकारलाई सुशासनको केन्द्र बनाउनुपर्ने बताएका छन् । नेकपा (एमाले) घिरिङ गाउँ कमिटीले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा गुरुङले एमालेले जितेका पालिकालाई सुशासनमा नमूना बनाउनुपर्ने बताए । सबै पक्षलाई मिलाएर लैजान सकेमात्र विकास हुने भन्दै गुरुङले मेलमिलापले मात्रै विकास सम्भव रहेको उल्लेख गरे । “जहाँ मेलमिलाप छ त्यहाँ विकास भएको छ, जहाँ झैझगडा छ त्यहाँ विकास हुँदैन, झैझगडा भए सुशासन पनि हुँदैन”, गुरुङले भन्नुभयो, “विकासको काममा विपक्षीलाई पनि…
पुरा पढौ