समाचार

कोरियामा एकैदिन एकलाख सात हजारभन्दा बढी सङ्क्रमित

दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात बुधबार मध्यरातसम्म एक लाख सात हजार आठ सय ९४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै यहाँका कूल सङ्क्रमितको सङ्ख्या दुई करोड ६० लाख एक सय ५४ पुगेको स्वास्थ्य अधिकारीले बिहीबार बताएका छन् । अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण केही घटेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको थियो । नयाँ केसमध्ये, चार सय ३५ जना आयातीत रहेको जनाइएको छ । यद्यपि ४६ हजार तीन सय २९ जना कोरोनामुक्त भएका छन् ।… पुरा पढौ

एन्फाका नि.उपाध्यक्ष तथा पूर्व प्रशिक्षक थापाद्वारा एमाले परित्याग

पोखरा, साउन १९ अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान उपाध्यक्ष कृष्ण थापाले एमाले परित्याग गरेका छन् । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षकसमेत रहेका थापाले विहीबार सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन् । पोखरा महानगरपालिका वडा नम्बर २४ हेमजार निवासी थापा फुटबलका टेक्निकल विज्ञपनि हुन् । उनी पूर्व राष्ट्रिय खेलाडीसमेत हुन् । एमाले फुट्दासमेत माधव नेपालको नेकपा एकीकृत समाजवादीमा नगई बसेका उनले अचानक पार्टी परित्याग गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कास्की निर्वाचन क्षेत्र नम्बर–३… पुरा पढौ

कांग्रेस नेता निधि र भारतका सडक परिवहन मन्त्रीगडकरीबीच छलफल

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतका सडक परिवहनमन्त्री नितिन गडकरीबीच नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल भएको छ । सडक परिवहनमन्त्री गडकरीको निवासमा बुधबार भएको छलफलमा कांग्रेस नेता निधिले भारत सरकारले निर्माण अघि बढाएको अयोध्या–भिठ्ठाभोड चार लेन सडक भारतको मधुवनी जिल्लाको गिरिजास्थान फूलहर हुँदै नेपालको जटही सीमासम्म थपेर निर्माण गर्न आग्रह गरे । नेता निधिको आग्रहपछि मन्त्री गडकरीले तत्कालै मन्त्रालय र सडक विभागका अधिकारीलाई टेलिफोन गरेर जटही सीमासम्म थप सडक निर्माणलाई मन्त्रालयको कार्यक्रममा राख्न निर्देशन दिएका… पुरा पढौ

बझाङमा १२ किलो लागुऔषधसहित एक जना पक्राउ

बझाङ । जिल्लास्थित वित्थडचिर गाउँपालिका–८ बागथलाबाट १२ किलो लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–१ का ४३ वर्षीय वीरेन्द्रबहादुर खडायत छन् । अस्थायी प्रहरी चौकी बागथलामा खटिएको नियमित जाँच टोलीले बुधबार उनलाई पक्राउ गरेको थियो । बझाङ सदरमुकाम चैनपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश०२००१ख १११९ नंको बसमा सवार उनलाई सो अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरीले जाँच गर्दा सो लागुऔषध खेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।रासस पुरा पढौ

पोखरामा २८ औ विश्व आदिवासी दिवस भव्यताका साथ मनाईदै

गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी २४ गते हुने २८ औ विश्व आदिवासी दिवस भव्यताका साथ मनाईने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको आयोजना र कास्कीको सह-आयोजनामा उक्त दिवस भव्यताका साथ पोखरामा मनाईने आज पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । दिवसका दिन ११ बजे चिप्लेढुंगाबाट सवै जनजातिले आआफ्नो जातिय मौलिक पोषाक र झाँकी सहित बिशाल ¥याली निकालेर पोखरा रंगशाला अगाडी रहेको नेपाल मगर संघको भवनमा औपचारिक कार्यक्रम गरिने नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष धर्म बहादुर… पुरा पढौ

तनहुँमा तोरी पेल्ने मिल विस्थापित हुने अवस्थामा

तनहुँ । कुनै समयमा रातभर जाग्रम बसेर तोरी पेलिन्थ्यो । बोराका बोरा तोरी पेल्न बिहानदेखि रातिसम्म खटिनुपथ्र्यो तर अहिले तोरी पेल्ने काम एकादेशको कथा जस्तो बन्न पुगेको बताउछन, व्यास नगरपालिका–४ का आशकुमार श्रेष्ठ । विसं २०३२ मा करिब रु ४० हजार लगानी गरी सदरमुकाम दमौलीमा तोरी मिल सञ्चालन गर्नेमा उनी पहिलो नै व्यक्ति छन । अन्य महिनामा बीस÷पच्चीसजना मानिस दैनिक तोरी पेल्न आउने गरे पनि वर्षायाममा मुस्किलले दुर्ई÷तीन जना हुने गरेको सञ्चालक श्रेष्ठ बताउछन । युवा जनशक्ति वैदेशिक रोजगारीमा, छोरीबुहारी… पुरा पढौ

हुलाकी मार्गले जनतालाई निराश बनायो

विराटनगर । ग्रामीण हुलाकी मार्ग निर्माणमा ढिलाइ हुँदा जनप्रतिनिधिले आक्रोश पोखेका छन् । नियम, कानुन र प्रक्रिया पूरा गरेर ठेक्कापट्टा लिएका निर्माण व्यवसायीले आफूले कबोल गरेको समयसिमाभित्र विकास निर्माणको काम नगर्दा जनप्रतिनिधि मात्र होइन मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पनि आक्रोश व्यक्त गरेका छन । हुलाकी राजमार्ग निर्देशनालयको इटहरीस्थित योजना कार्यालयद्वारा विराटनगरमा आज आयोजित योजनाको प्रगति विवरण तथा समस्याको पहिचान विषय छलफलमा सहभागी वक्ताहरुले यस्तो आक्रोश व्यक्त गरेका हुन् । उक्त कार्यालयको मातहतमा सुनसरी, मोरङ, झापा र सप्तरी जिल्ला… पुरा पढौ

विश्व आदिवासी दिवसमा तमु धिं नेपालले शैक्षिक अनुशिक्षण कार्यक्रम गर्ने

पोखरा । २८ औं विश्व आदिवासी दिवस (९ अगष्ट) साउन २४ गते तमु धिं नेपालले यस वर्ष एसईई तमु विद्यार्थीहरुलाई बधाई एवम शैक्षिक अनुशिक्षण कार्यक्रम गरी मनाउने भएको छ। आदिवासी दिवसलाई सिर्जनात्मक ढंगले मनाउनुपर्छ भन्ने मान्यताका अनुसार तमु विद्यार्थीहरुलाई उच्च शिक्षातर्फ प्रोत्साहन र अभिभावकहरुलाई समेत शिक्षाको महत्वका बारेमा प्रशिक्षित गर्नु पर्ने आवाश्यक भएकाले तमु धिं नेपालले बधाई एवम् शैक्षिक मार्गनिर्देशन हुने गरी कार्यक्रम गर्ने भएको हो। अस्तित्व र पहिचानबाट शुरु भएको आदिवासी आन्दोलनले आदिवासी जनजाति अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघलाई कार्य… पुरा पढौ

सात महिनामा तीन लाख विदेशी पर्यटक भित्रिए

सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका छन् । सन् २०१९ को जुलाई महिनामा ५८ हजार आठ सय ११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुलाईमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी १७ हजार दुई… पुरा पढौ

दूषित खाद्यबस्तु उत्पादन गर्ने एक सय १५ कम्पनी कानुनी दायरामा

काठमाडौँ । खाद्य ऐन, २०२३ विपरीत अखाद्य वस्तु उत्पादन गर्ने एक सय १५ उत्पादक कम्पनीलाई कानुनी कारबाही गरिने भएको छ । खाद्यान्नमा लेबल, न्यूनगुणस्तर, ऐन नियमविपरीत, दूषित, अनुज्ञापत्र नलिएका र कोलीफर्म मिसिएका खाद्य तथा पेयपदार्थ उत्पादन गरेका उक्त कम्पनीलाई खाद्य ऐन, २०२३ बमोजिम कानुनी कारबाही गरिने भएको हो । खाद्य ऐनविपरीत अखाद्य वस्तु उत्पादन गर्ने दालमोठ, मासु, तरकारी, मिक्स मसला तथा अन्य मसलाजन्य पदार्थ, पाउरोटी, दही, दाना, प्रशोधित पिउने पानी, चाउचाउ, चिया, मुसुरोको दाल, घ्यू, आयातित तोरीको तेल, गाईबस्तुको दाना,… पुरा पढौ