समाचार

नारायणस्थान डाँडामा बुद्ध मूर्ति

बनेपा । काभ्रेपलाञ्चोकको सबैभन्दा अग्लो ठाउँ बेथानचोक गाउँपालिका–३ स्थित पर्यटकीयस्थल नारायणस्थानको चिप्लेटी डाँडामा बुद्धको मूर्ति स्थापना गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणको समन्वयमा सो मूर्ति स्थापनासँगै बुद्धपार्क परिसरमा वृक्षरोपणसमेत गरिएको छ । पर्यटकीय क्षेत्र बेथानचोकको नारायणस्थान डाँडामा स्थापना भएको बुद्धको मूर्तिले त्यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । उक्त गण स्थापनाको २१८औँ वार्षिकोत्सवको अवसरमा स्थापना गरिएको उक्त मूर्ति उद्घाटन गर्दै २६ नं बाहिनीका प्रमुख सहायक रथी ज्योतिन्द्र महतले भौतिक विकासबाटैै राष्ट्रको… पुरा पढौ

पर्यटन क्षेत्र लयमा नआउँदा पोखरामा राजस्वको लक्ष्य पूरा हुन सकेन

कास्की । आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्यको ९५ दशमलव ६६ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । विशेष गरी पर्यटन क्षेत्रबाट राम्रो राजस्व उठाउँदै आएको कार्यालयको पर्यटन व्यवसाय कोभिडअघिकै लयमा फर्किन नसक्दा राजस्वको लक्ष्यसमेत प्रभावित भएको हो । गत आवमा कूल रु पाँच अर्ब १० करोड १७ लाख २८ हजार राजस्व सङ्कलनको लक्ष्य राखेको कार्यालयले रु चार अर्ब ८८ करोड चार लाख ४१ हजार मात्र सङ्कलन गरेको छ । सङ्कलित राजस्व लक्ष्यको रु २२ करोड… पुरा पढौ

ललितपुरमा नगर प्रहरीले दुई पाङ्ग्रे सवारीसाधनबाट गस्ती गर्ने

ललितपुर । ललितपुर महानगरपालिकामा नगर प्रहरीले अब दुई पाङ्ग्रे विद्युतीय सवारीसाधनबाट २४ औँ घण्टा गस्ती गर्ने भएको छ । नगर प्रहरीले प्रदान गर्ने सेवा सुविधालाई छिट्टोछरितोका साथै चुस्त तथा दुरुस्त बनाउन उक्त काम अघि सारेको हो । उक्त कार्यक्रमको घण्टी बजाएर आज उद्घाटन गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले सो साधनमार्र्फत नगरवासीको सहयोग गर्न तथा घटनास्थलमा तुरुन्तै पुग्नाका साथै महानगरको सुव्यवस्था कायम गर्न नगर प्रहरीको हितमा आफूहरुले पाँच विद्युतीय स्कुटर प्रयोगमा ल्याएको भनाइ राखे । दुईपाङ्ग्रे सवारी साधनले नगर सरसफाइ गर्नाका… पुरा पढौ

धितोपत्र बजारः सात अर्ब २० करोडको आइपिओ बिक्री, सात अर्बकै प्रतीक्षा

काठमाडौँ । पछिल्ला दिनमा शेयर बजार क्रमशः विस्तार हुँदै गइरहेको पाइएको छ । साधारण शेयर बिक्रीमा भएको उल्लेख्य वृद्धि, हितग्राही खाता खोल्ने क्रममा भएको वृद्धिलगायतका कारणले पनि बजार विस्तार भएको पाइएको छ । सरकारले वास्तविक क्षेत्रका कम्पनीलाई पनि साधारण शेयर बिक्रीका लागि अभिप्रेरित गरेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार ५२ लाख ६० हजार २५१ वटा हितग्राही खाता खुलेका छन् । त्यस्तै ४३ लाख ६८ हजार ६३९ मेरो शेयरको अकाण्ट खुलेको छ । कूलरुपमा आठ अर्ब ५८ करोड ४३… पुरा पढौ

पहिराले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

लमजुङ । निरन्तर अविरल वर्षासँगै आएको बाढी र पहिराले गएरातिदेखि डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध बनाएको छ । उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका वडा नंं १ स्थित उदिपुरको देउराली डाँडामा पहिराले सडक अवरुद्ध बनाएको हो । गए रातिदेखि परेको अविरल वर्षा अझै नरोकिँदा पहिरो जाने तथा लेदो खस्ने क्रम जारी रहेको उनको भनाइ थियो । पानी परिरहेकाले मस्र्याङ्दी नदीमा पानीको बहाव बढेमा उक्त सडक कटान गर्न सक्ने सम्भावना छ । पटकपटक आएको बाढी र पहिराले यात्रा गर्न समस्या हुँदै आएको छ । प्रहरीका… पुरा पढौ

राजस्व छलेर ल्याइएका एक करोडका सामान बरामद

काठमाडौँ । नेपाल प्रहरीले राजस्व छलेर ल्याइएको एक करोड बढीको सामान बरामद गरेको छ । काठमाडौँको चाबहिल नजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान बरामद गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । प्रहरीले चुरोट मात्रै दुई हजार ९८० बण्डल बरामद गरेको छ । यसका साथै बरामद गरिएका गुट्खा, सुर्तीजन्य पदार्थ, मोटरसाइकलको पार्टस्, इलेक्ट्रिोनेनिक्स चिप्स, अक्सिमिटर, पटाका, भुइचम्पा, आतिसबाजलगायतका सामग्री बरामद गरी आज सार्वजनिक गरेको छ । अवैधरुपमा सामान ल्याएर राखिएको छ भन्ने सूचनाको… पुरा पढौ

चित्रकार डा भौकाजीको निधन

काठमाडौँ । चित्रकार डा रामकुमार भौकाजीको आज ७२ वर्षका उमेरमा निधन भएको छ । प्रोस्टेटको अर्बुदरोगबाट आज बिहान आफ्नै निवास नयाँ बानेश्वरमा उहाँ दिवङ्गत हुनुभएको उहाँका भाइ साहित्यकार विमल भौकाजीले जानकारी दिए । रुसबाट चित्रकला विज्ञानमा विद्यावारिधि गर्नुभएका डा भौकाजीका ‘जुद्धकला पाठशाला’, ‘स्रष्टा कुलमानसिंह भण्डारी’ र ‘नेपाली कलाकारका समस्या’ शीर्षक कृति नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नाफाबाट प्रकाशित० तथा कला, संस्कृति र इतिहाससम्बन्धी थुपै्र लेख पत्रपत्रिकामा प्रकाशित छन् । विसं २०२९ फागुन २४–२५ मा गृहजिल्ला रामेछाप, साँघुटार बजारमा उनको पहिलो एकल चित्रकला… पुरा पढौ

धानखेती छोड्दै ताप्लेजुङका किसान

फुङ्लिङ । विक्रम याक्सो अहिले बाँझो खेतबारीमा आँखा टोलाउँछन् । ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–४ हाङपाङ निवासी उहाँ विगतका असार साउनमा दिनहरुमा हिलोले लत्तपतिएर असारे गीत गाउँदै खेतबारीमा आली लगाएका दिनहरु सम्झिरहनुहुन्छ । खेतबारीमा हलो जोतेको, आली लगाएको यादहरु याक्सोको सम्झानामा मात्र सीमित हुन पुगेको छ । उहाँ विगका समयमा जेठ महिनाको पहिलो सातादेखि साउन तेस्रो सातासम्म खेतबारीमै हुन्थ्यो । असारे झरीमा लुथ्रक्कै झिज्दै बिहानीको उज्यालोको झिसमिसमै खेतबारी पुग्नुहुन्यो र बेलुका गोधुली साँझसम्म खेतबारीमै हुन्थ्यो । जुनेली रातमा पानीको कुलो फर्काउन… पुरा पढौ

बागलुङमा एक वर्षमा सवा अर्ब राजस्व सङ्कलन

बागलुङ । गत आर्थिक वर्षमा बागलुङमा झण्डै रु सवा एक अर्ब राजस्व सङ्कलन भएको छ । यहाँ रहेका सङ्घीय तथा प्रदेश सरकार माताहतका कार्यालयले मात्रै उक्त राजस्व सङ्कलन गरेका हुन् ।बागलुङमा रहेको आन्तरिक राजस्व कार्यालयसहितका कार्यालयले विभिन्न शीर्षकमा रु एक अर्ब २१ करोड छ लाख १७ हजार ९७७ राजस्व सङ्कलन गरेका छन् । असार मासन्तमा मात्रै यहाँका कार्यालयमा रु २२ करोड ५७ लाख ८२ हजार ८४२ राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७८÷७९ मा सङ्घीय सरकार मातहतका ४२ कार्यालय… पुरा पढौ

अस्पतालका शय्या ज्वरोका बिरामीले भरिए

उदयपुर । जिल्ला अस्पतालमा दैनिक ज्वरोका बिरामी वृद्धि हुँदै गएको छ । अहिले अस्पतालका अधिकांश शय्या ज्वरोका बिरामीले भरिएका छन् । अन्य बिरामीलाई उपचार गर्नसमेत समस्या हुन थालेको अस्पतालका प्रमुख डा मुकेश झाले जानकारी दिए । अहिले दैनिक १५ देखि २० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारको लागि अस्पतालमा आउने गरेको उनले बताए ।रासस पुरा पढौ