समाचार

मधेस प्रदेशमा पुनः कोरोना सङ्क्रमण बढ्दै

जनकपुरधाम । मधेस प्रदेशमा पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमण पुनः बढ्न थालेको भन्दै धनुषा प्रशासनले सतर्कता अपनाउन अपिल गरेको छ । असार महिना अन्तिम सातासम्म मधेस प्रदेशमा शून्य रहेको कोरोना सङ्क्रमण पुनः बढ्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले आज सूचना जारी गरी सर्तकर्ता अपनाउन अपिल गरेको हो । हाल कोभिड–१९ को सङ्क्रमण दर बढिरहेकाले मास्क लगाएर मात्र हिँड्न, बिना काममा भीडभाडमा नजान, सङ्क्रमणको शङ्का भएमा सङ्क्रमण परीक्षण तुरुन्त गर्न साथै बुस्टर डोज बाँकी रहेका सबैलाई नजिकैको स्वास्थ्य संस्थामा गएर… पुरा पढौ

मदिरा सेवन र बिक्री गर्नेलाई ढुङ्गा बोकाइने

डोटी । यहाँका स्थानीय तहले मदिर सेवन तथा विक्री वितण समेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् । केआइसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । उक्त वडामा कसैले मदिरा सेवन गरे १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी दिए । वडामा मदिरा बिक्री वितरण गर्दै आएका व्यापारी तथा वडावासीसँगको छलफलपश्चात् उक्त निर्णय गरिएको हो । यसैगरी उक्त वडामा सञ्चालन हुने… पुरा पढौ

सुनको मूल्य एक हजारले ओरालो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९३ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएका थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार १५५ तोकिएकोे छ… पुरा पढौ

भारतमा राष्ट्रपतिको मत परिणाम आज

भारतमा राष्ट्रपति निर्वाचनको मतगणना हुँदैछ। जुलाई १८ मा सम्पन्न राष्ट्रपति निर्वाचनको मतगणना आज बिहान ११ बजेबाट हुँदैछ। निर्वाचनमा सत्तारुढ लोकतान्त्रिक गठबन्धन (एनडीए)का तर्फबाट आदिबासी सन्थाल महिला द्रौपदी मुर्मु र विपक्षीका तर्फबाट यशवन्त सिन्हा प्रतिष्पर्धामा छन्। मुर्मुको जित निश्चित जस्तो भएकाले मतगणना औपचारिक मात्र भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। दिउँसो चार बजेसम्म मत परिणाम आउने अपेक्षा गरिएको छ। भाजपाले द्रौपदी मुमुको विजयको उत्सव मनाउन व्यापक तयारी गरिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मुर्मुलाई तिनमूर्ति मार्गमा रहेको उनको अस्थायी आवासमा भेट्ने र… पुरा पढौ

करार कर्मचारी नहटाउन ध्यानाकर्षण

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले स्थानीय तहमा स्थायी नियुक्तिका लागि सम्बन्धित प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई नआएसम्मका लागि करार सेवामा कार्यरत अनुभवी कर्मचारी नहटाउन सबै स्थानीय तहको ध्यानाकर्षण गराएको छ। महासंघले बुधबार अनुरोधपत्र जारी गरी अनुभवी र दक्ष कर्मचारी हटाउँदा सम्बन्धित गाउँपालिकाको कार्यसम्पादनमा समेत आँच आउने जनाएको छ। गाउँपालिकाको स्वीकृत दरबन्दीभित्रका कानुनबमोजिम प्रक्रियागत रूपमा नियुक्त भएका, सन्तोषजनक कार्यसम्पादन गरिरहेका कर्मचारीको कार्यसम्पादन मूल्यांकनका आधारमा म्याद थप गरी सेवा लिँदा स्थानीय तहका लागि अवसर हुने महासंघले जारी गरेको अनुरोध पत्रमा उल्लेख गरिएको छ।… पुरा पढौ

ज्येष्ठ नागरिकको हितका लागि बन्यो कानुन

प्रतिनिधिसभा बैठकले ‘ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ। राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक लामो समयपछि बुधबार प्रतिनिधिसभाले पारित गरेको हो। महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सो विधेयक प्रस्तुत गरेकी थिइन्। त्यसअघि, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रेग्मीले ज्येष्ठ नागरिकको अवस्था जटिल हुँदै गएकाले उनीहरुलाई राज्यका तर्फबाट संस्थागत रुपमा सहयोग उपलब्ध गराउने प्रयास गरिएको बताएकी छिन्। नेपाली समाजमा प्रचलित ‘मातृदेवो भव, पितृदेवो भवको अवस्था’ मा क्रमशः खण्डित हुँदै गएको उल्लेख गर्दै मन्त्री रेगमीले घरमै… पुरा पढौ

पिपुल्स पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

पिपुल्स पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको आइपीओमा आवेदन दिने आज (बिहीबार) साउन ५ गते अन्तिम दिन रहेको छ। कम्पनीले आफ्नो जारी पँुजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका दरले ६ लाख ३२ हजार ६०० कित्ता शेयर असार ८ गतेदेखि निष्कासन गरेको हो। सोमध्ये कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा नं १ र ४ स्थित अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेकको इलाम… पुरा पढौ

स्याङ्जामा दाजुको कुटाईबाट भाईको मृत्यु

स्याङ्जाको भीरकोटमा सामान्य बिबादबीच हानहान हुँदा १ जनाको मृत्यु भएको छ। गए राती भीरकोट नगरपालिका वडा नम्वर ३ रिजुका ४५ बर्षीय श्यामबहादुर रोकाको ज्यान गएको हो। खाना खाने क्रममा बिबाद हुँदा दाजु पर्ने ५० बर्षीय यामबहादुर रोकाको कुटाईबाट श्यामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। घाईते श्याम बहादुरको उपचारका क्रममा कालिका सामुदायिक अस्पतालमा उपचारका क्रममा राती नै ज्यान गएको प्रहरीले जनाएको छ। आरोपित याम बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ। पुरा पढौ

बेनी–गलेश्वर सडक मर्मत

कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम सडक खण्डको बेनी–गलेश्वर क्षेत्रमा जोखिमपूर्ण रहेको सडक मर्मत गरिएको छ। पश्चिम नेपालको पशुपतिनाथको नामले चर्चित गलेश्वरधाममा साउने सोमवारका दिन पूजा र दर्शन गर्न जानेहरूलाई लक्षित गरेर बेनी नगरपालिकाले सडक मर्मत गरेको हो। सडक खण्डमा सानाठूला सवारीसाधन आवत–जावतमा सहज हुनेगरी ठाउँठाउँमा ग्राभेल गर्नुका साथै एक्स्काभेटरको प्रयोग गरी सडक मर्मत गरिएको बेनी–७ का वडाध्यक्ष रमेश श्रेष्ठले बताए। सडकखण्डमा साउनको हरेक सोमवार भक्तजनको चाप हुने भएकाले सवारीसाधन फस्ने जोखिमलाई ध्यान दिई जोखिम रहेका स्थानमा हरेक आइतवार नियमित मर्मत गरिने श्रेष्ठले… पुरा पढौ

कालीगण्डकी करिडोर धमाधम कालोपत्र

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डको काम धमाधम भइरहेको छ।पर्वत र स्याङ्जा खण्डमा अहिले स्तरोन्नतिको काम भइरहेको छ। उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको अर्मादीबाट स्याङ्जाको मिर्मीसम्मको ५४ किमी सडकखण्डको स्तरोन्नतिका साथै कालोपत्र गर्ने काम ६ निर्माण कम्पनीले गरिरहेका छन्। उक्त खण्डको मिर्मीबाट फलेवास ढिकसम्मको सडकखण्डमा कालोपत्रका लागि काम भइरहेको छ। सेतीवेणीबाट फलेवास ढिकसम्मको सडकखण्डमा कालोपत्र पनि धमाधम भइरहेको छ। करिडोरअन्तर्गत फलेवास–मोदीवेणी–अर्मादी सडकखण्डको ट्रयाक ओपन हालै ब्रेक थ्रु भएको छ। मोदीवेणी नजिकैको भिरमा काम गर्ने क्रममा दुर्घटना भएपछि… पुरा पढौ