करार कर्मचारी नहटाउन ध्यानाकर्षण


     एभरेस्ट आवाज    
     श्रावण ५ गते २०७९ मा प्रकाशित




गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले स्थानीय तहमा स्थायी नियुक्तिका लागि सम्बन्धित प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई नआएसम्मका लागि करार सेवामा कार्यरत अनुभवी कर्मचारी नहटाउन सबै स्थानीय तहको ध्यानाकर्षण गराएको छ।

महासंघले बुधबार अनुरोधपत्र जारी गरी अनुभवी र दक्ष कर्मचारी हटाउँदा सम्बन्धित गाउँपालिकाको कार्यसम्पादनमा समेत आँच आउने जनाएको छ।

गाउँपालिकाको स्वीकृत दरबन्दीभित्रका कानुनबमोजिम प्रक्रियागत रूपमा नियुक्त भएका, सन्तोषजनक कार्यसम्पादन गरिरहेका कर्मचारीको कार्यसम्पादन मूल्यांकनका आधारमा म्याद थप गरी सेवा लिँदा स्थानीय तहका लागि अवसर हुने महासंघले जारी गरेको अनुरोध पत्रमा उल्लेख गरिएको छ।

त्यस्तै, लामो समयसम्म कार्यरत करार सेवाका कर्मचारीलाई पालिकाले ठूलो लगानी गरिसकेकाले ती कर्मचारी पालिकाको सम्पत्ति भएको महासंघले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।