राजनीति

गण्डकीमा मन्त्रालयको नयाँ कार्यविभाजन

पोखरा । गण्डकी प्रदेश सरकारले मन्त्रालयको कार्यविभाजन हेरेफेर गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७४ को नियम ८ अनुसार मन्त्रालयको नयाँ कार्यविभाजन गरेको हो । सरकारको उक्त निर्णय आजै प्रदेश राजपत्रमासमेत प्रकाशित भइसकेको छ । यसअघिको कार्यविभाजन नमिलेको देखिएकाले हेरेफेर र समायोजन गरिएको सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिए । नयाँ कार्यविभाजनअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएको छ । अबदेखि शान्ति सुरक्षा, विपद् व्यवस्थापन, प्रदेशसभा… पुरा पढौ

शरणार्थी प्रकरणमा दोषी उम्किन र निर्दोष फस्न हुँदैन : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कोही पनि दोषी उम्किनु नहुने बताएका छन् । ललितपुरको च्यासलस्थित एमालेको मुख्यालयमा आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले निर्दोषलाई फसाउन र दोषीलाई उम्काउन खोजे आफूले त्यसको विरोध गर्ने बताए । अध्यक्ष ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वाग्रहपूर्ण ढङ्गले कसैलाई फसाउन खोजिएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी नउम्कियोस् र निर्दोषलाई नफसुन भनेर आग्रह गरेको समेत बताए । उनले अनुसन्धानलाई सहयोग… पुरा पढौ

राप्रपा केन्द्रीय कार्यसमिति बैठक आह्वान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आह्वान गरेको छ । आगामी जेठ १, २ र ३ गते काठमाडौँमा बस्ने गरी केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आह्वान गरिएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावि कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्नु हुनेछ भने पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको भावि रणनीति र कार्यनीतिसम्बन्धी कार्ययोजना पेस गर्ने कार्यक्रम तय भएको छ । यसैगरी सचिवालय प्रमुख हेमजङ… पुरा पढौ

कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विविध विषयमा छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिनुभएका पार्टीका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणको बारेमा समेत छलफल हुने बुझिएको छ । यस बाहेक पार्टीको आगामी केन्द्रीय समितिको बैठक तथा भातृ र शुभेच्छुक संस्थाका बारेमा समेत छलफल हुने… पुरा पढौ

गण्डकीमा मन्त्रालयको कार्य विभाजन हेरफेर हुने

गण्डकी प्रदेशमा मन्त्रालयको कार्य विभाजन हेरेफेर हुने भएको छ । मन्त्रालयको सङ्ख्या भने सातभन्दा नबढ्ने प्रदेश सरकारले प्रष्ट पारेको छ । अघिल्लो सरकारले मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर सातमा झारेको थियो । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालय घटाउँदा कार्य विभाजन नमिलेको देखिएकाले केही परिमार्जन गर्न लागिएको बताए । “मन्त्रालयको सङ्ख्या सात नै रहन्छ, बढ्दैन, तर नयाँ कार्य विभाजन हुन्छ”, उनले भने, “आज कार्य विभाजन टुङ्गिन्छ, त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।” मुख्यमन्त्री पाण्डेले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटमा सहमति भइसकेकाले अब मन्त्री… पुरा पढौ

आजबाट नेकपा एमालेको केन्द्रीय समिति बैठक

काठमाडौं । नेकपा एमाले केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै छ ।पहिले झापामा गर्ने तय गरिएको बैठक ललितपुरको च्यासलस्थित पार्टी मूख्यालयमै बस्ने छ । बैठक बिहान १० बजेबाट सुरू हुने छ ।गत मंसिर ४ गते सम्पन्न निर्वाचन पछि एमालेको केन्द्रीय समिति पहिलो पटक बस्न लागको हो । एमाले सचिवालयको गत मंगलबार बसेको बैठकले केन्द्रीय समिति बैठकका लागि एजेण्डाहरु तय गरेको थियो । बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका १०… पुरा पढौ

भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन तथा सुशासन कायम गर्न भ्रष्टाचारको नियन्त्रणलाई सरकारले मूल प्राथमिकतामा राखेको बताएका छन् । आज गृह मन्त्रालयमा नेपाली कांग्रेसका नेताहरूसँगको भेटघाटका क्रममा उनले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता राखेर काम गरेको र यस कार्यमा संलग्नहरुलाई पूर्वाग्रह नराखी काम गर्ने बताए । नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगीमा संलग्न भएका जो कोहीलाई कारबाही हुने उनले स्पष्ट पारे। गृहमन्त्रीसँगको भेटमा कांग्रेस नेताहरूले भ्रष्टाचारविरुद्ध उनले चालेको कदमको प्रशंसा गरेका थिए । नक्कली… पुरा पढौ

सरकारको काममा सहयोग र समर्थन छ : उपमहासचिव गुरुङ

काठमाण्डौं । नेकपा ९एमाले०का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले थालेको छानबिनमा सहयोग गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०/८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले सो प्रकरणमा सरकारले लिएको अग्रसरतालाई सहयोग र समर्थन गर्न तयार रहेको बताएका हुन्। “नेकपा एमाले सरकारको काममा सहयोग र समर्थन गर्न तयार छ, हामी सहयोग र समर्थन गर्न चाहन्छौँ”, उपमहासचिव गुरुङले भने, “सरकारले जुन खालको छानबिन र अनुसन्धान सुरु गरेको छ, विधि र… पुरा पढौ

तीन शीर्ष नेताबीच भेटवार्ता

काठमाण्डौं । तीन ठूला दलका शीर्ष नेताबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शरेबहादुर देउवा र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो । भेटमा संवैधानिक परिषद्सम्बन्धी विधेयक तथा सङ्क्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकका सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जनाकारी दिए । “शीर्ष नेताहरु हिजो पनि छलफलमा हुनुहुन्थ्यो, आज सोही छलफलको निरन्तरता हो”, उनले भने । रासस पुरा पढौ

सरकारले राम्रा काम मात्रै गर्छ : प्रधानमन्त्री दाहाल

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले नराम्रो काम नगर्ने बताएका छन् । वामपन्थी नेता निर्मल लामाको २३औँं स्मृति दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले राम्रो काम मात्रै गर्ने र नराम्रो कामा गर्दै नगर्ने बताए। उनले भने, “सामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढङ्गले सुरु गर्ने अठोटका साथ अगाडि बढेका छौँ ।” सो अवसरमा उनले निर्मल लामासँगका आफ्ना विगतका स्मरणबारे चर्चा गरेका थिए । । उनले भने, “उहाँहरुलाई नै हेरेर हामी… पुरा पढौ