फाइल तस्विर
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आह्वान गरेको छ । आगामी जेठ १, २ र ३ गते काठमाडौँमा बस्ने गरी केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आह्वान गरिएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार उक्त बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावि कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्नु हुनेछ भने पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको भावि रणनीति र कार्यनीतिसम्बन्धी कार्ययोजना पेस गर्ने कार्यक्रम तय भएको छ ।
यसैगरी सचिवालय प्रमुख हेमजङ गुरुङले सचिवालयसम्बन्धी र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको जनाइएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज ७ नेपालीको महान चाँड बडादशैंको सन्दर्भ पारेर पोखराको लेकसाईडमा…







