राजनीति

पाएनन् गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत

पोखरा, बैशाख ९ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । माओवादीले विश्वासको मत फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले शनिबार विश्वासको मत मागेका थिए । तर उनलाई विश्वासको मत प्राप्त नभएको हो । माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सहयोगमा अधिकारी गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रमा एमाले र माओवादीको गठबन्धन भत्किएपछि गण्डकीमापनि माओवादीले चैत १० गते विश्वासको मत फिर्ता लिएको थियो । अल्पमतमा परेपछि शनिबार प्रदेश सभामा विश्वासको… पुरा पढौ

चुमानको खुलाशा : ‘पृथ्वी सुब्बा गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संघीयता विरोधी हो भन्थे’

पोखरा, बैशाख ९ नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता विरोधीको परिभाषित गर्ने गरेको आरोप लगाएका छन् । मुख्यमन्त्री अधिकारीले मागेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै चुमानले प्रदेश नामाङ्करणका बेला तत्कालीन प्रधानमन्त्री ओलीसँगपनि परामर्श र छलफल गरौं भन्ने प्रस्ताव गर्दा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री गुरुङले अस्वीकार गरेको उनको भनाई थियो । गुरुङको भनाई उद्धृत गर्दै उनले भने,‘उहाँ (केपी ओली)… पुरा पढौ

मुख्यमन्त्री अधिकारीलाई संघीयता विरोधी ठान्थेँ : चुमान

पोखरा, बैशाख ९ नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले आफूले मुख्यमन्त्री खगराज अधिकारीलाई संघीयता विरोधी ठान्ने गरेको बताएका छन् । मुख्यमन्त्री अधिकारीले मागेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै चुमानले मुख्यमन्त्री अधिकारीलाई आफूले संघीयता विरोधी ठान्ने गरेको बताएका हुन् । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता विरोधी भन्ने गरेकोपनि उनले खुलाशा गरे । प्रदेश नामाङ्करणका बेला तत्कालीन प्रधानमन्त्री ओलीसँगपनि परामर्श र छलफल गरौं भन्ने प्रस्ताव… पुरा पढौ

शोषण र गरिबीको अन्त्य गर्न कम्युनिष्ट पार्टी स्थापना गरिएको हो : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा शोषण र गरिबीको अन्त्य गर्न विसं २००६ मा कम्युनिष्ट पार्टी स्थापना गरिएको बताएका छन् । पार्टी निकट युवा सङ्घ नेपालको सहकारी विभागले कम्युनिष्ट पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको ‘सहकारीको वर्तमान अवस्था, अवस्था र चुनौती’ विषयक विचार गोष्ठीमा अध्यक्ष नेपालले जनतालाई अधिकार सम्पन्न बनाउन स्थापित कम्युनिष्ट पार्टी देशमा भएका सबै आन्दोलनमा क्रियाशील रहेको बताए । युवालाई सिर्जनात्मक कार्य तथा उत्पादनमा जोड्न सकेमा देश विकास र जनताको समृद्धि कायम हुने उनले बताए ।… पुरा पढौ

शान्ति प्रक्रियालाई पूर्णता दिनुछ : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक उपलब्धि माथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् । प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको साधारणसभालाई आज सम्बोधन गर्दै उनले यो वा त्यो कोणबाट उपलब्धि माथि आक्रमण बढिरहेको बताए । प्रतिगमनलाई परास्त गर्न राजनीतिक दलहरु अझै सचेत भएर लाग्नुपर्नेमा जोड दिँदै उनले जनसङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्नु अहिलको आवश्यकता रहेको बताए । “संविधानका उपलब्धिलाई औपचारिकरुपमा नै खोस्ने वा संविधानका प्रावधानलाई उल्लङ्घ गर्ने प्रवृत्ति देखा परेका छन्”, उनले भने, “त्यस्ता प्रवृत्तिविरुद्ध हामी लड्यौँ, त्यसलाई परास्त बनायौँ… पुरा पढौ

वामपन्थी शक्तिलाई ध्रुवीकरणको अभियानमा जुट्न प्रधानमन्त्री दाहालको अपिल

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् । समाजवादी क्रान्तिका नेता भ्लादिमिर इल्यिच लेनिनको १५३ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवसका अवसरमा आज शुभकामना दिँदै उनले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन सम्पूर्ण वामपन्थी शक्तिलाई आग्रह गरे। वर्गसङ्घर्ष र विचारधारात्मक सङ्घर्षको लामो शृङ्खला एवं विभाजन र एकताका अनगिन्ती अनुभव हासिल गर्दै कम्युनिष्ट आन्दोलन आजको अवस्थामा आइपुगेको… पुरा पढौ

मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले दोस्रोपटक विश्वासको मत लिँदै छन् । आज अपराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए। सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । संविधानको धारा १८८ को उपधारा २ बमोजिम… पुरा पढौ

उपलब्धिको रक्षा गर्नुपर्नेमा गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीको जोड

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले क्रान्ति र आन्दोलनबाट प्राप्त सङ्घीय शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादोन्मुख संविधान, सामाजिक न्यायलगायतका उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश दिदै मुख्यमन्त्री अधिकारीले कम्युनिष्ट आन्दोलनलाई थप सुदृढ पार्न वैचारिक, सैद्धान्तिक, साङ्गठनिक र भावनात्मक एकता चाहिने बताए। “प्राप्त उपलब्धिको रक्षा गर्दै पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँबाट सकारात्मक पहल गर्नु हामी सबैको दायित्व हो”, शुभकामना सन्देशमा उल्लेख छ । मुख्यमन्त्री अधिकारीले देश र जनताको मुक्तिका लागि… पुरा पढौ

गण्डकी सरकारको एक सय दिनको उपलब्धी के के ?……..

पोखरा, बैशाख ८ गण्डकी प्रदेश सरकारले हनिमुन पिरियडमा सरकारका सामान्य कामलाईपनि उपलब्धीका रुपमा राखेको छ । सरकार बनेदेखि कहिले मन्त्रालय घटाउन त कहिले मन्त्री चयनका लागि प्रधानमन्त्रीदेखि पार्टी अध्यक्ष केपी शर्मा ओली गुहार्न काठमाडौं धाएर समय खेर फालेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो एक सय दिने उपलब्धीमा सामान्य अनि नियमित कामलाईसमेत समावेश गरेका हुन् । आफू नेतृत्वमा सरकार बनेको दुई महिनामै अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले एक सय दिनको १४ बुँदे उपलब्धीमा मन्त्रालय संख्या घटाउनेदेखि ऐन बनाउनेसम्मका कामहरु राखेका हुन् ।… पुरा पढौ

तनहुँ १ उपनिर्वाचन : मतगणनास्थलमा सिसिटिभी जडान

तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि मतगणनास्थल निर्माण सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको भवनमा मतगणनास्थल निर्माण गरेको हो । मतगणनालाई निष्पक्ष र विश्वसनीय बनाउन मतगणनास्थलमा सिसिटिभी जडान गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार दुईवटा कोठामा मतगणना गरिनेछ । मतगणनास्थल निर्माणका लागि आवश्यक तारजालीको व्यवस्था गरिसकिएको छ । “तारजालीसहित मतगणनास्थल तयार गर्दैछाँै, दुवै कोठामा सिसिटिभी जडान भइसक्यो… पुरा पढौ