कोरोना-भाइरस

गण्डकी प्रदेशमा कोरोनाका सक्रिय संक्रमित घट्दै, १०५३ संक्रमित कोरोनामुत्त

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या लगातार घट्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा ९०६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा एक हजार ५३ जना कोरोना भाइरस संक्रमणमुक्त भएसंगै प्रदेशमा सक्रिय संक्रमितको संख्या घट्ने क्रममा रहेको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार अव प्रदेशमा ९ हजार ७१४ जना सक्रिय संक्रमित छन् । तीमध्य ९ हजार १० जना होमआइसोलेसनमा छन् । आज संक्रमित हुनेमध्य सबैभन्दा धेरै कास्कीका ३०३, गोरखाका ९८, स्याङ्जाका ९३, नवलपरासी पूर्वका ८५, लमजुङका… पुरा पढौ

गण्डकी प्रदेशमा एकै दिन कोरोना संक्रमणबाट ४ को मृत्यु

पोखरा । पछिल्लो २४ घण्टामा कास्कीका दुई सहित गण्डकी प्रदेशमा ४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार कास्कीका २, स्याङ्जा र म्याग्दीका एक–एक जनाको संक्रमणबाट मृत्यु भएको हो । पोखरा महानगरपालिका–२५ का ९१ वर्षिय वृद्धको सोमबार बिहान ५ः४९ बजे मेडिप्लस अस्पताल पोखरामा मृत्यु भएको छ । यही बैशाख ११ गते कोरोना संक्रमित भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो । यस्तै सोही अस्पतालमा उपचाररत पोखरा–१ की ५५ वर्षिया महिलाको सोमबार… पुरा पढौ

गण्डकी प्रदेशमा ४६१९ सकृय केस, ३४६४ होम आईसोलेसनमा

गण्डकी प्रदेशमा हाल ४ हजार ६ सय १९ वटा कोरोनाका सकृय केस रहेका छन् । कुल १० हजार ६ सय ८८ जना संक्रमित भएकोमा ५ हजार ९ सय ३८ जना भने निको भइसकेका छन् । त्यसमध्ये ४ हजार ६ सय १९ वटा सकृय केस रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा कात्तिक ४ गते साँझसम्ममा १३१ जनाको कोरोनाले मृत्यू भइसकेको छ । गण्डकी प्रदेशमा ४ हजार ६ सय १९ वटा सकृय केस रहेकोमा ३ हजार ४ सय… पुरा पढौ