, , ,

गण्डकी प्रदेशमा ५ हजार ६ सय बढी आइसोलेसनमा


     एभरेस्ट आवाज    
     भाद्र ५ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय बढी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


शुक्रबार प्रदेशमा ३०३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ५७७ जना संक्रमणमुक्त भएसंगै सक्रिय संक्रमितको संख्या ५ हजार ६०४ पुगेको हो । संक्रमित मध्य ५ हजार २११ जना होमआइसोलेसनमा छन् ।


पछिल्लो २४ घण्टामा १ हजार ३८ जनामा गरिएको परीक्षणमा ३०३ जनामा संक्रमित पुष्टि भएको हो । त्यस्तै ५७७ जना संक्रमणमुक्त भएका छन् ।


संक्रमित हुनेमा सबै भन्दा धेरै कास्कीका ११०, गोरखाका ४८, नवलपुर वर्दघाट सुस्ता पूर्वका ३७, स्याङ्जाका ३६, तनहुँका ३५, बाग्लुङका १९, पर्वत, म्याग्दीका ७–७ जना, लमजुङका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


यस्तै सोही अवधीमा थप ५ जनाको मृत्यु भएको छ । यो सहित हालसम्म प्रदेशभर कोरोना संक्रमणबाट १ हजार २२६ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।


संक्रमणबाट कास्की, नवलपरासी वर्दघाट सुस्ता पूर्वका २–२ जना र पर्वतका एक जनाको मृत्यु भएको निर्देशनालयद्वारा जारी कोभिड–१९ सम्बन्धी अध्यावधिक विवरणमा भनिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।