पोखरा । पोखराको न्यूरोडमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । काठमाण्डौं घर भई पोखरा–८, न्यूरोड बस्दै आएकी वर्ष ३५ की चन्द्रलक्ष्मी श्रेष्ठको साढे २ तले घरको छतबाट खसेर आइतबार बिहान साढे ७ बजे मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । अचानक घरको छतबाट खसेर गम्भीर घाइते भएकी श्रेष्ठको उपचारका गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
पुरा पढौ