,

ट्र्याक्टर दुर्घटनामा १८ वर्षिय घर्तिमगरको मृत्यु


     एभरेस्ट आवाज    
     माघ १६ गते २०७८ मा प्रकाशित




साङ्केतिक तस्विर

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा आज भएको ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पर्वतको मिलनचोकबाट दग्नाममा निर्माणाधीन अपर राहुघाट जलविद्युत् आयोजनाका लागि निर्माण सामग्री लिएर जाँदै गरेको ग१त ६०४४ नंको ट्र्याक्टर पानाकोट भन्ने ठाउँमा दुर्घटना भएको हो ।

ट्र्याक्टरको ढालाले च्यापिएर रोल्पाको सुनछहरी गाउँपालिका–३ का १८ वर्षीय नरजित घर्तिमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए ।

सडकबाट १४ फिट तल खसेको ट्र्याक्टरले च्यापिएर सख्त घाइते भएका घर्तिमगरलाई उपचारका लागि बेनी अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक घर्तिमगर ट्र्याक्टरको सहचालक भएको प्रहरीले जनाएको छ ।

ट्र्याक्टरका चालक रोल्पाको सुनछहरी गाउँपालिका–३ का जनक घर्तिमगरलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शवपरीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।