बागलुङ

बेसी झर्न थाले भेडीगोठ

गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेसी झर्न थालेका छन् । लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन् । लेकमा जाडो सुरु हुन थालेको र चाडबाड नजिकिएसँगै भेडीगोड बेसी तिर सारिएको हो । जेठ पहिलो सातादेखिनै लेक उक्लिएका भेडीगोठ असोज पहिलो सातादेखि बेसी झर्न सुरु गरेका हुन् । बर्खामा बेसीमा घाँस अभाव हुने र लेकमा प्रशस्त पाइने हुँदा भेडी गोठाले हरेक वर्ष लेक–बेसी गर्ने गर्छन् । पश्चिम बागलुङको माथिल्लो क्षेत्रका अधिकांश किसानका… पुरा पढौ

कृषिमा प्रविधिको प्रयोग आम्दानी दोब्बर

बागलुङका किसानले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाएका छन् । हाइटेक टनेल, थोपा सिँचाइ र मल्चिङ प्रविधिमार्फत किसानले कृषिजन्य वस्तुको उत्पादन र आम्दानी दुवै बढाउन सफल भएका हुन् । आधुनिक प्रविधिको प्रयोग गर्दै आम्दानी बढाउनेमा किसान त्रिलोचन सापकोटा पनि हुन । तीन दशकभन्दा बढी समयदेखि कृषि पेशामा सक्रिय बागलुङ नगरपालिका–४ ढोडेनीका सापकोटाले प्रविधिको प्रयोगपछि आम्दानी दोब्बर भएको अनुभव सुनाए । उनले हाल १२ रोपनी जग्गामा नौवटा हाइटेक टनेलमा खेती गरिरहेका छन । सापकोटाले प्रत्येक प्लाष्टिक टनेलमा थोपा सिँचाइ र मल्चिङ प्रविधि… पुरा पढौ

हराउँदै मौलिक भाका

बागलुङमा बढी प्रचलित सोरठी, मारुनीलगायत मौलिक भाका र संस्कृति हराउँदै गएका छन् । एक दशक अगाडिसम्म ग्रामीण क्षेत्रमा गुञ्जिने बिना सालैजोको ठाडी भाका, सालैजो, झ्याउरेलगायतका दर्जन बढी भाका अहिले सुनिँदैनन् । मेलापात र महोत्सवमा गाइने गीतहरु एक जनाले सुरु गर्ने र समूहका महिला तथा पुरुषले भाका समातेर गाउँने चलन हराउँदै गएपछि बूढापाकाले चिन्ता व्यक्त गरेका छन् । “अहिले त रोधी पनि बस्न छोडे, रोधीमा गाइने गीत पनि हराए । कहीँ कतै रोधी गाएको भाका सुनिँदैनन् । ती गीत, जमाना फेरिए,… पुरा पढौ

आलु भण्डारण क्षमता थोरै हुँदा किसानलाई मर्का

पछिल्लो समय बागलुङमा आलु उत्पादनमा वृद्धि भएको छ । उत्पादन वृद्धि भए पनि आलु पर्याप्त मात्रामा भण्डारण गर्ने सुविधा नहुँदा किसान मर्कामा परेका छन । भण्डारणको सुविधा नहुँदा यहाँका किसानले बारीबाटै आलु बेच्ने गरेका छन् । विशेषगरी ताराखोला र ढोरपाटनका किसानले भण्डारण गर्न आलु सस्तोमै बिक्री गर्नुपरिरहेको छ । “आलु पर्याप्त मात्रामा फल्छ, तर राख्ने ठाउँ छैन”, ढोरपाटन नगरपालिका–८ की थमसरा विकले भने, “बारीबाटै बेच्दा सस्तोमा दिनुपर्छ ।” भण्डारणको सुविधा भएको भए आलु बिक्री गरी दोब्बर फाइदा लिन सकिने उनले… पुरा पढौ

बागलुङका ग्रामीण सडक अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या

असार दोस्रो सातादेखि बन्द भएका बागलुङका ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा आएका छैनन् । बाढी, पहिरो र खहरेखोलाका कारण अवरुद्ध बनेका सडक सञ्चालनमा नआउँदा बजारदेखि सामान ढुवानी गर्न समस्या भएको छ । सडक पूर्ण रुपमा अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या परेको छ । जिल्लाको निसीखोला, तमानखोला, बडिगाड र बरेङ गाउँपालिका तथा ढोरपाटन नगरपालिकालगायत दर्जनौँ गाउँसम्म पुग्ने सडक ठप्प छन् । ठप्प सडक असोज लागे मात्रै खुल्ने भएका छन् । त्यसबेलासम्म मान्छेले नै बोकेर सामान ओसारपसार गर्नुपर्ने बाध्यता छ । करिब दुई… पुरा पढौ

हावाहुरीले बागलुङका विभिन्न स्थानमा मकै बाली नष्ट

हावाहुरी र वर्षाले बागलुङका विभिन्न स्थानमा मकै बालीमा क्षति पु¥याएको छ । घोँगा लाग्ने बेलामा आएको हावाहुरीले जिल्लाको तमानखोलाका किसानले सयौँ रोपनी क्षेत्रफलमा लगाएको मकै बाली नष्ट गरिएको हो । वडा नम्बर १ र २ को सेन्नामा, पहिरा, बोङ्गानी, सोम्मरलगायतका गाउँको करिब सात सय रोपनी क्षेत्रफलमा लगाएको मकै पूर्ण रुपमा नष्ट भएको तमानखोला गाउँपालिकाका कृषि शाखा प्रमुख सन्देश पराजुलीले जानकारी दिए । शनिबार राती र आइतबार बिहान आएको हुरीले मकै बालीमा क्षति पुगेको उनको भनाइ छ । सात सय रोपनीमा… पुरा पढौ

बागलुङमा ६० हजार मेट्रिकटन आलु उत्पादन

बागलुङमा एक वर्षमा ६० हजार मेट्रिक टन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार एक वर्षमा हिउँदे र बर्खे बाली गरेर ५९ हजार ६ सय ५० मेट्रिक टन आलु उत्पादन भएको छ । केन्द्रले आलु प्रबद्र्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि ‘आलु जोन’ कार्यक्रम सञ्चालन गरेपछि आलुको उत्पादन बढेको कृषि प्राविधिक रवीन्द्र शर्माले बताए । उनका अनुसार पछिल्लो समय निर्वाहका लागि आलु उत्पादन गर्ने यहाँका किसानले व्यावसायिकरुपमा आलु खेतीमा छन् । गत आर्थिक… पुरा पढौ

धानको गाँज कुहिन थाल्यो, किसान चिन्तित

खुमलचार जातको धानको गाँज कुहिन थालेपछि बडिगाड गाउँपालिकाका किसान चिन्तित बनेका छन् । हुर्कन लागेको धानको गाँज कुहिएर मर्न थालेपछि किसान समस्यामा परेका हुन् । बागलुङको बडिगाड गाउँपालिकाले गत आर्थिक वर्षमा अनुदानमा वितरण गरेको खुमलचार जातको धानको बीउ लगाएका किसान अहिले समस्यामा परेका छन् । बडिगाड गाउँपालिकाले रु दुई लाख २० हजार लागतमा खुमलचार, खुमलआठ, खुमलदश र पोख्रेली जेठोबुढोको जातको चार हजार एक सय केजीको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो । तर खुमलचार जातको धानको बीउ लगाएका… पुरा पढौ

बागलुङमा सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य

बागलुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम सङ्कट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ । बागलुङ नगरपालिका–३ रातमाटा गाउँमा खानेपानीको समस्या आजको नभएर सय वर्ष पहिलादेखिको भएको स्थानीयको भनाइ छ । चार किलोमिटर टाढा छरिखोलागाउँबाट मुलको पानी लिएर एक सय ८१ घरमा खानेपानी वितरण भएपछि यहाँका स्थानीयको दैनिकी नै फेरिएको छ । तीन महिनामा बागलुङ नगरपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र स्थानीय रातमाटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको साझेदारीमा रु एक करोड नौ लाख खर्चेर घरघरमा खानेपानीको… पुरा पढौ

घरबास प्रवर्द्धनकोे माध्यम बन्दै ‘रुद्रमानस्मृति उद्यान’

बागलुङ जिल्लाको पर्यटकीय गाउँ भकुण्डेमा घरबास पर्यटन सुरु भएको एक दशक हुन लाग्यो । जिल्लाकै पहिलो सामुदायिक घरबासको रुपमा स्थापित अतिथि सत्कार घरबासको प्रवर्द्धनमा अहिले क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा निर्माण भइरहेको उद्यान सहयोगी बन्दै आएको छ । यहाँ गुरुङलाई ग्रामीण पर्यटनका पिता भनेर चिनिने गरिन्छ । घरबास प्रवर्द्धनका लागि चार वर्ष अघिदेखि निर्माण थालिएको रुद्रमान गुरुङ स्मृति उद्यानमा अहिले सम्म रु ३९ लाखको पूर्वाधार निर्माण भइसकेको छ । यसका लागि मूलाबारी भ्युटावर, सङ्ग्रहालयसँगै उद्यान निर्माण गरेपछि घरबासमा आउने पर्यटकसमेत वृद्धि… पुरा पढौ