बागलुङ

बागलुङका ट्र्याक्टर नजाने बाटोमा बस गुड्न थाले

सडकको ट्र्याक खुलेको २३ वर्षपछि सडक स्तरोन्नति भएर सिगानामा कालोपत्रको चरणमा पुगेपछि ट्र्याक्टर नउक्लने बाटोमा अहिले बस पुग्न थालेका छन् । विसं २०७५ मा बागलुङ नगरपालिका–८ सिगानामा सडक पुग्यो । उकालो र साँघुरो सडकमा नमिलेका घुम्तीका कारण यात्रुलाई गन्तव्यमा पुग्न सास्ती थियो । काठेखोलामा पुल नहुँदासम्म बर्खाका समयमा सिगानामा यातायातका साधन चल्न सक्दैनथे । बर्खामा खच्चडकै भरमा सामग्री ढुवानीको विकल्प थिएन । बागलुङ सदरमुकामदेखि सिगानाको बौडेचौर पुग्न दुई घन्टा बढी समय लाग्दथ्यो । वडा कार्यालयसम्म मुस्किलले एक घन्टामा पुग्ने बाटोमा… पुरा पढौ

दाताको सहयोगमा धार्मिक पुस्तकालय

सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ । बागलुङ नगरपालिका–२ का श्यामप्रसास श्रेष्ठ (वझान्थाक्षे) र उनका परिवारजनले स्थानीय राधाकृष्ण मन्दिरमा पुस्तकालय निर्माण गरेका हुन् । रु चार लाखको लगानीमा स्थापित ‘राधाकृष्ण धार्मिक पुस्तकालय’को हरिहर आश्रम देवघाट आश्रमका पीठाधीश स्वामी महाराज ज्ञानानन्द सरस्वती महाराजले शुभारम्भ गरे। पुस्तकालयमा धार्मिकग्रन्थ, पुस्तकलगायत गरी पन्ध्र सय बढी पठन सामग्री सङ्ग्रह गरिएको छ । पुस्तकालयका संस्थापक श्रेष्ठले बुवा ताराप्रसाद र आमा पूर्णकुमारीको स्मृतिमा पुस्तकालय स्थापना गरिएको बाताए । उन्ले भौतिक संरचना र… पुरा पढौ

बागलुङका किसानलाई सधैँ सिँचाइकै पिरलो

समथर भू–भागदेखि उच्च पहाडसम्म फैलिएको बागलुङका धेरै ठाउँमा सहज सिँचाइको पहुँच छैन । सिँचाइको व्यवस्था नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । तल्लो भेगमा सिँचाइको थोरै मात्रामा सुविधा भए पनि जिल्लाको माथिल्लो क्षेत्रमा भने आकाशे पानीकै भरमा खेतीपाती गर्नुपर्ने अवस्था छ । उच्च क्षेत्र उर्वर भए पनि सुक्खा हुँदा कम मात्रामा मात्रै उत्पादन हुन्छ । अप्ठ्यारो भौगोलिक भनावट कारण करोडौँ लागनी गरेर पनि माथिल्लो क्षेत्रमा सिँचाइको व्यवस्थापन गर्न सकिने अवस्था छैन । सिँचाइको सुविधा नहुँदा अहिले पनि बागलुङ जिल्लावासी खाद्यान्नमा… पुरा पढौ

दमेकमा तामाखानीको अध्ययन गरिँदै

बागलुङको जैमिनी नगरपालिका–३ दमेकको कालापातलमा तामा उत्खननका लागि प्रारम्भिक अध्ययन सुरु गरिएको छ । खानी विभागको अनुमतिमा मोहङ मिनीरल्स र शुभम् ग्रुपले तामा उत्खननका लागि प्रारम्भिक अध्ययन थालेका हुन् । यहाँ यसअघि तामाको उत्खनन हुने गरेका तथ्यका आधारमा प्रारम्भिक अध्ययन सुरु गरिएको वडाध्यक्ष कृष्ण भुजेलले बताए। तामाको सम्भाव्यताबारे खानी विभाग र अनुमतिप्राप्त कम्पनीलाई जानकारी गराइएको थियो खानीको अध्ययन गरिरहेका दुवै कम्पनीका इञ्जीनियरको समूहले काम थालेको हो । “यो प्रारम्भिक अध्ययन हो, यहाँ तामा रहे÷नरहेको विषयमा खोजी गर्छौँ”, शुभम् ग्रुपका निर्देशक… पुरा पढौ

खानेपानीको समस्या समाधान गर्दै बडिगाड गाउँपालिका

बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा एक वर्षअगाडि सम्म खानेपानीको हाहाकार थियो । स्थानीयवासीले एक गाग्री पानी भर्न चार घन्टा हिँडेर टाढा पुग्नुपथ्र्यो । तर अहिले स्थानीयवासीको घरघरमा धारा बनेका छन् । गाउँभन्दा खानेपानीको मुहान टाढा हुँदा स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्नु परेको थियो । अघिल्लो वर्ष नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र बडिगाड गाउँपालिकाको सहकार्यमा सिसाखानी गाउँमा एक घर एक धारा बन्यो । एक घर एक धारा निर्माण भएपछि सिसाखानीवासीको वर्षौंदेखिको समस्या समाधान भएको छ । अहिले गाउँगन छेउकै धारामा प्रशस्त पानी… पुरा पढौ

निजी छोडेर सामुदायिक विद्यालयमा

बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयमा यही शैक्षिकसत्रमा पर्वतको कुश्मा बजारको निजी विद्यालय छोडेर पाँच विद्यार्थी भर्ना भए । यसअघि कुश्माकै निजी विद्यालयमा अध्ययन गर्न छोडेर गणेश माध्यमिक विद्यालयमा आएर अध्ययन गर्ने विद्यार्थी तीन थिए । पछिल्लो समय गाउँका विद्यार्थीको आकर्षण सहरका निजी विद्यालयमा भए पनि यहाँ कुश्माबाट बागलुङको गणेश माध्यमिक विद्यालयमा आएर अध्ययन गर्ने सङ्ख्या आठ पुगेको छ । “गणेश माध्यमिक विद्यालयमा अहिले सात सय ६५ विद्यार्थी अध्ययनरत छन्, विद्यालयमा सुधार हुँदै गएपछि बलेवाका तीन निजी विद्यालय बन्द भएको… पुरा पढौ

पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’

वरपर जङ्गल र बस्ती । बीचमा छ बराह ताल । शान्ता वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ । बागलुङ नगरपालिका–१० भकुन्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । एक हजार तीन सय २६ मिटरको उचाइमा रहेको बराह ताल जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको ताल हो । ताल बजार नजिक हुँदा आन्तरिक पर्यटकको रोजाइमा परेको छ । दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ । गाडी र पैदल सहजै पुग्न सकिने हुँदा बराह तालप्रति… पुरा पढौ