मासबारस्थित मदरल्याण्ड माविमा शुक्रबारदेखि वार्षिक खेदकुद कार्यक्रम सुरु भएको छ । शुक्रबार सुरु भएको प्रतियोगिता आइतबारसम्म चल्नेछ । विद्यार्थीमा भएको खेल प्रतिभालाई बाहिर ल्याउनका लागि प्रतियोगिता आयोजना गरिएको विद्यालयले बताएको छ । विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार छात्रा र छात्रका भलिवल, बास्केटबल, फुटसल, टेवलटेनिस र चेस खेलाइनेछ । विद्यार्थीले विभिन्न समूह बनाएर आन्तरिक प्रतिश्पर्धा गरिरहेका छन् । प्रतियोगितामा छात्रतर्फ फुटसलमा १६, छात्रातर्फ ४, बास्केटबलमा छात्रातर्फ ५, छात्रतर्फ ११, भलिवलमा छात्रातर्फ ५ र छात्रतर्फ १४ समूहले प्रतिश्पर्धा गर्नेछन् । त्यस्तै…
पुरा पढौ