मासबारस्थित मदरल्याण्ड माविमा शुक्रबारदेखि वार्षिक खेदकुद कार्यक्रम सुरु भएको छ । शुक्रबार सुरु भएको प्रतियोगिता आइतबारसम्म चल्नेछ । विद्यार्थीमा भएको खेल प्रतिभालाई बाहिर ल्याउनका लागि प्रतियोगिता आयोजना गरिएको विद्यालयले बताएको छ ।
विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार छात्रा र छात्रका भलिवल, बास्केटबल, फुटसल, टेवलटेनिस र चेस खेलाइनेछ । विद्यार्थीले विभिन्न समूह बनाएर आन्तरिक प्रतिश्पर्धा गरिरहेका छन् । प्रतियोगितामा छात्रतर्फ फुटसलमा १६, छात्रातर्फ ४, बास्केटबलमा छात्रातर्फ ५, छात्रतर्फ ११, भलिवलमा छात्रातर्फ ५ र छात्रतर्फ १४ समूहले प्रतिश्पर्धा गर्नेछन् । त्यस्तै टेवटेनिस र चेसतर्फ व्यक्तिगत रुपमा प्रतिश्पर्धा गर्नेछन् ।
सबै विधाका खेल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई शिल्ड, मेडल र प्रमाणपत्र दिइने प्राचार्य बरालले बताए । उनका अनुसार खेलका उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, बेष्ट डिफेन्स, बेस्ट मिडफिल्ड, उत्कृष्ट खेलाडी लगायतलाई पनि शिल्ड र प्रमाणपत्र दिइनेछ ।
‘विद्यार्थीको समूह भित्रै खेलाडी रहन्छन् । उनीहरुको सही पहिचान हुन नसक्दा आफ्नो क्षमता देखाउनबाट बञ्चित हुन सक्छन् । सम्भावित ती खेलाडीको पहिचान गर्नका लागि पनि विद्यालयले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ,’ प्राचार्य बरालले भने, ‘पढाई सँगै खेलकुदलाई पनि अघि बढाुनपर्छ । खेलाडीले आफुमा भएको क्षमता देखाउने अवसर खेल मैदानलाई बनाउनेछन् ।’
विद्यालयले नियमित अध्ययन बाहेक विद्यार्थीमा भएको खेल क्षमता बाहिर ल्याउनका लागि तल्लो तहदेखि नै खेलकुदमा पनि उत्तिकै जोड दिएको आएको प्राचार्य बरालले जानकारी दिए । विद्यालयको आफ्नै फुटसल कोर्ट सहितका संरचनाभित्र यी खेलहरु संचालन हुनेछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।