माछापुच्छ्रे गाउँपालिकाका ३८ विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक
कास्कीको माछापुच्छ्रे गाउँपालिकाले ३८ सरकारी विद्यालयमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक चयन गरी नियुक्तिको प्रक्रिया प्रारम्भ गरेको छ । साथै पालिकाले पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्न सार्वजनिक सूचना निकालेर दरखास्त आह्वान पनि गरेको छ । गाउँपालिकाले आधारभूत तह (१–५) का लागि १८, आधारभूत तह (६–८)का लागि १० र माध्यमिक तह (९–११)का लागि चारजना र माध्यमिक तह ९११–१२०का लागि छ गरी ३८ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको हो । विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुति तथा प्रधानाध्यापक छनोट मापदण्डअनुसारको अङ्कका…
पुरा पढौ
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा पशुपालन व्यवसाय फस्टाउँदै
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका पशुपालनमा देशमै अग्रणी स्थानमा छ । पालिकाका नौ वडाबाट गरी दैनिक ११ हजार लिटर दूध बिक्रीका लागि पोखरा बजारमा ल्याउने गरिन्छ । पुशपालन व्यवसाय फस्टाउँदै गएपछि गाउँपालिकाले पशु आहाराका लागि गाउँमै दाना चोक्कर केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ । यसबाट कृषकलाई लाभ पुग्ने पालिकाले जनाएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट कार्यक्रममा गाउँपालिकाको उपयुक्त स्थानमा दुग्ध प्रशोधन केन्द्र स्थापना तथा दाना चोक्कर उत्पादन केन्द्र स्थापनाको लागि रु ९० लाख बजेट विनियोजन…
पुरा पढौ
वडा न.४ लाहाचोकमा अन्तरक्रिय
माछापुच्छ्रे गाउँपालिका वडा ४, वडा कार्यालयले वुधवार आ.व ०८०/८१ को योजना तर्जुमा विशेष अन्तरक्रिय कार्यक्रम गरेको छ । उक्त अवसरमा आ.व ७९/८० मा सञ्चालित वार्षिक योजनाहरुको पनि समिक्षा गरिएको थियो । योजनाको प्राथमिकीकरणका आधारमा अल्प, मध्य र दीर्घकालिन योजना पहिचान गरि विषयगत वडा स्तरीय विज्ञ समुहको सहकार्यमा वडाको योजना अगि बडने अध्यक्ष मधुसुधन अधिकारीले जानकारी दिए । पालिकाबाट वडाका लागि गत आ.वमा ८० लाख बजेट बिनियोजन भएकोमा यस आ.वमा मात्र ५३ लाख बिनियोजन भएको बताए । कार्यक्रमका बीच नेपाली कांग्रेसका…
पुरा पढौ