गण्डकी प्रदेश

गण्डकी प्रदेशमा खेतीको क्षेत्रफल बर्सेनि घट्दै

गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दो छ । आव २०७७÷७८ एक लाख १२ हजार दुई सय २७ हेक्टरमा वर्षे धान लगाइएकामा गत आवमा धान खेती एक लाख चार हजार छ सय ३२ हेक्टरमा मात्र सीमित बन्यो । यस वर्ष अझ घटेर ९७ हजार आठ सय ५१ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइने अनुमान प्रदेशको कृषि विकास निर्देशनालयको छ । रोपाइँको क्षेत्रफल घटेसँगै धान उत्पादनमा पनि बर्सेनि गिरावट आइरहेको छ । गत आवको तुलनामा यो वर्ष तीन दसमलव ७४ प्रतिशतले धान… पुरा पढौ

गण्डकी प्रदेशमा १८ प्रतिशत रोपाइँ

असार दोस्रो सातासम्ममा गण्डकी प्रदेशमा १८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार १७ हजार एक सय ७४ हेक्टरमा रोपाइँ भएको हो । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ । असार १५ सम्ममा सबैभन्दा बढी कास्कीमा ३० प्रतिशत र सबैभन्दा कम नवलपुरमा १० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयका कृषि प्रसार अधिकृत दीपा तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार लमजुङमा २७, तनहुँमा २०, बागलुङमा २०, पर्वतमा १४, गोरखामा १२,… पुरा पढौ

पोखरामा आज सातै प्रदेशका मुख्यमन्त्रीको भेला

गण्डकी प्रदेश सरकारको अगुवाइमा आज सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुने भएको छ । भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले गर्ने गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले जानकारी दिए । मुख्यमन्त्रीहरूबीच छलफल एवं अन्तक्र्रिया हुने उनले बताए । भेलामा अन्तरप्रदेशबीचको अनुभव आदान–प्रदान, प्रदेशले संविधानतः पाउनुपर्ने अधिकारलगायत विषयमा छलफल हुने बताइएको छ । यसअघि मुख्यमन्त्रीको भेला गत जेठ १० गते गर्ने तय भए पनि प्रधानमन्त्री दाहालको व्यस्तताका कारण स्थगित भएको थियो । भेला दोस्रोपटक गर्न लागिएको हो । पहिलोपटक २०७५ भदौ… पुरा पढौ

गण्डकीको बजेट खर्च ४७ प्रतिशत

गण्डकी प्रदेशले आर्थिक वर्ष २०७९÷८० मा आधा बजेट पनि खर्च गर्न सकेको छैन । असार दोस्रो सातासम्ममा कुल बजेटको ४७ दशमलव ५९ प्रतिशतमात्र बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आवका लागि रु. ३५ अर्ब ९० करोड ९० लाख बजेट विनियोजन गरिएको थियो । कार्यालयका अनुसार आर्थिक वर्ष सकिन लाग्दा रु. १७ अर्ब आठ करोड ९२ लाखमात्र बजेट खर्च भएको हो । असार लागेपछि विकास निर्माणको काम गरी बजेट सक्ने परिपाटी पुरानै समस्या हो । गण्डकीमा… पुरा पढौ

गण्डकी प्रदेशसभा: बजेटमाथि मन्त्रालयगत छलफल

गण्डकी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८०र८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफल जारी छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, प्रदेशसभा सचिवालय, प्रदेश लोकसेवा आयोगलगायत प्रतिष्ठान र निकायसँग सम्बन्धित शीर्षकहरुमा छलफल भयो । यही असार ८ गते प्रदेशसभा समक्ष प्रस्तुत भएको विनियोजन विधेयक–२०८० माथि मङ्गलबारदेखि छलफल सुरु भएको थियो । मङ्गलबारको प्रदेशसभा बैठकमा उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल गरिएको थियो । मन्त्रालयगत छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले बजेटबारे… पुरा पढौ

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा पशुपालन व्यवसाय फस्टाउँदै

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका पशुपालनमा देशमै अग्रणी स्थानमा छ । पालिकाका नौ वडाबाट गरी दैनिक ११ हजार लिटर दूध बिक्रीका लागि पोखरा बजारमा ल्याउने गरिन्छ । पुशपालन व्यवसाय फस्टाउँदै गएपछि गाउँपालिकाले पशु आहाराका लागि गाउँमै दाना चोक्कर केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ । यसबाट कृषकलाई लाभ पुग्ने पालिकाले जनाएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट कार्यक्रममा गाउँपालिकाको उपयुक्त स्थानमा दुग्ध प्रशोधन केन्द्र स्थापना तथा दाना चोक्कर उत्पादन केन्द्र स्थापनाको लागि रु ९० लाख बजेट विनियोजन… पुरा पढौ

गण्डकी प्रदेशमा नयाँ सवारी साधन खरिद नगरिने

गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा अत्यावश्यक सेवाका लागि बाहेक नयाँ सवारी साधन खरिद नगरिने भएको छ । सरकारको आर्थिक वर्ष २०८०÷८१ को बजेटमा प्रदेश सरकारका पुँजीगत खर्च गर्ने क्षमता अभिवृद्धि गर्दै चालु खर्चलाई न्यूनीकरण गर्न खर्चको मापदण्ड प्रभावकारी रुपमा कार्यान्वयन गरिने उल्लेख छ । वित्तीय सेवामा आम नागरिकको पहुँच अभिवृद्धि गर्न र विद्युतीय भुक्तानी प्रणालीलाई प्रोत्साहित गर्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको अर्थमन्त्री जीतप्रकाश आलेले बताए । वार्षिक बजेट तर्जुमा… पुरा पढौ

‘शून्य समयमा राखिएका कुरा पूरा भएन’: गण्डकी प्रदेशसभा वैठक

गण्डकी प्रदेशसभाको आजको वैठकको शून्य समयमा सदस्यले समसामयिक विषयमा सरकार तथा प्रदेशसभाको ध्यानाकर्षण गराएका छन् । बैठकमा सदस्यले बाढीलगायतका विपत्ति, मलबीउको अभाव लगायतमा प्रदेश सरकारको ध्यानार्षण गराउनुभएको हो । बैठकमा प्रदेशसभा सदस्य श्यामराजा महतले तनहुँको शुक्लागण्डकीको दुलेगौँडाबाट साँखेसम्मको बाटो बाढीपहिरोका कारण चारपाँच ठाउँमा भत्केपनि सफा नगर्दा आवतजावतमा समस्या भएको बताए । प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले यसअघि शून्य समयमा पटक–पटक म्याग्दी जिल्ला अस्पताल अलपत्र, बेनी जोमसोम सडक निर्माणमा ढिलाइ, मल बीउको अभाव लगायतका कुरा उठाउने गरेपनि त्यसको आजसम्म कुनै जवाफ नआएको… पुरा पढौ

‘उज्यालो गण्डकी प्रदेश’ घोषणा हुने

गण्डकी प्रदेशलाई आर्थिक वर्ष २०८०/८१ मा ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने भएको छ । सरकारको आव २०८०/८१ को बजेटमा गण्डकी प्रदेशभर विद्युतीकरण र वैकल्पिक कर्जाको विस्तार गरी यसै वर्ष ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने उल्लेख छ । बिजुलीबाट वञ्चित प्रदेशभित्रका बाँकी घरधुरीमा सौर्य उर्जा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री जीतप्रकाश आलेले बताए । क्षतिग्रस्त लघु जलविद्युत् आयोजनाको मर्मतसम्भार तथा निर्माण गरी लघु जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्न रु. एक करोड ७५ लाख विनियोजन… पुरा पढौ

गण्डकी प्रदेशमा ३०० किमी सडक कालोपत्रे हुने

गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा थप तीन सय किलोमिटर सडक कालोपत्रे हुने भएको छ ।गण्डकी प्रदेश सरकारको आव २०८०÷८१ को बजेटमा प्रदेश गौरवका सडक आयोजना, एक निर्वाचन क्षेत्र–एक कृषि सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडकको निर्माण तथा स्तरोन्नति कार्यलाई निरन्तरता दिइएको छ । सडक पूर्वाधार निर्माणका लागि रु ११ अर्ब १६ करोड विनियोजन गरिएको अर्थमन्त्री जीतप्रकाश आलेले बताए । सडक कालोपत्रेसँगै २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए… पुरा पढौ