गण्डकी प्रदेश

दिगो, फराकिलो र चुस्त राजस्व प्रणालीमा जोडः गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारले दिगो, फराकिलो र चुस्त राजस्व प्रणालीमा जोड दिएको छ । अर्थमन्त्री जितप्रकाश आलेले सरकारको आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै राजस्व परिचालन र सुधारका लागि सरकारले दिगो, फराकिलो र चुस्त राजस्व प्रणालीमा जोड दिएको बताए । राजस्वका स्रोत र क्षेत्र विश्लेषण, सम्भावित आधारको पहिचान, राजस्व सम्भाव्यता अध्ययन, राजस्व चुहावट नियन्त्रण र राजस्व प्रशासनमा सूचना प्रविधिको अधिकतम उपयोग गरी दिगो, फराकिलो र चुस्त राजस्व प्रणाली विकासमा जोड दिइएको उनले बताए । नेपालको संविधानले तोकोबमोजिम प्रदेशको क्षेत्राधिकारभित्र रही… पुरा पढौ

लक्ष्यनजिक ‘उज्यालो गण्डकी प्रदेश’

गण्डकी प्रदेशका शून्य दशमलव पाँच प्रतिशत घरधुरी मात्र बिजुलीको पहुँचबाहिर छन् । प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको तथ्याङ्कअनुसार ९९ दशमलव ५० घरमा विद्युत् सेवा पुगेको छ । छुटेका घरधुरीमा बिजुली पु¥याएर ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गर्ने तयारीमा प्रदेश सरकार छ । प्रदेश स्थापनापछि विसं २०७४ मा गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्र सबै घरमा बिजुली बाल्ने निर्णय गरेको थियो । बर्सेनि सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेटिँदै आएको ‘उज्यालो गण्डकी प्रदेश’को लक्ष्य यो वर्ष पूरा हुन लागेको… पुरा पढौ

गण्डकीमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम

गण्डकी प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालित सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’ सञ्चालन गर्न सहयोग गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ । प्रदेशभित्रका शैक्षिक संस्थाबाट सञ्चालन हुने प्राविधिक शिक्षाको विषय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट कार्यान्वयन भएका विषय र निजी शैक्षिक संस्थाबाट सञ्चालन गरिने विषयमा एकद्वार प्रणालीमार्फत प्राविधिक शिक्षालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न छाता ऐन बनाइने भएको छ । अतिविपन्न, दलित, अपाङ्गता भएका व्यक्ति, जेहेन्दार, द्वन्द्वपीडित… पुरा पढौ

गण्डकी प्रदेश : यथार्थपरक बजेट ल्याउन विज्ञको सुझाव

गण्डकी प्रदेश सरकार आउँदो आर्थिक वर्ष २०८०÷८१ का लागि बजेट ल्याउने तयारीमा जुटिरहेका बेला बजेटको अनुमान यर्थापरक हुनुपर्नेमा विज्ञहरूले जोड दिएका छन । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित ‘वित्तीय सङ्घीयता र अन्तरसरकार सम्बन्ध’ विषयक संवाद कार्यक्रममा उनीहरूले स्रोतमा आधारित रहेर वस्तुनिष्ठ बजेट बनाउनुपर्ने सुझाव दिएका हुन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले बजेट बनाउँदा राजस्वको लक्ष्य यथार्थपरक र पूर्वानुमानयोग्य हुनुपर्ने बताए । “तथ्यपरक अनुमान गर्न सकिएन भने बजेट बनाउनुको औचित्य छैन”, उनले भने, “योजनाको चाप… पुरा पढौ

गण्डकी प्रदेश : पाँच वर्षमा चार सरकार

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था अनुरुप गण्डकी प्रदेश पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा लागेको छ । सङ्घीयताअनुसार प्रादेशिक संरचना अझै नौलो रहेको थियो । सुरुमा शून्यताबाट सुरु भएको यो संरचनाले अहिले भने पूर्णरूपमा संस्थागत रूप लिइसकेको छ । चाहेअनुसार जनताका अपेक्षा पूरा नहुनु एवं देशको राजनीतिक अस्थिरताका कारण आम सर्वसाधारणबाट व्यवस्था फेरिए पनि अवस्था ज्युँको त्युँ रहेको टीकाटिप्पणी पनि हुने गरेको छ । पछिल्ला समयमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासँगै स्थापित प्रदेशहरू केवल शासन प्रणालीका रूपमा मात्र नभई नागरिकको… पुरा पढौ

गण्डकी प्रदेशको जनसङ्ख्या २४ लाख ६६ हजार चार सय २७

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा गण्डकी प्रदेशको जनसङ्ख्या २४ लाख ६६ हजार चार सय २७ रहेको छ । राष्ट्रिय जनगणना २०६८ मा गण्डकी प्रदेशको अन्र्तगतका जिल्लाको जनसङ्ख्या २४ लाख तीन हजार सात सय ५७ थियो । तथ्याङ्क कार्यालय कास्कीले मङ्गलबार पोखरामा एक कार्यक्रमको आयोजना गरी प्रदेशका ११ जिल्लामा रहेको जनसङ्ख्याको तथ्याङ्क सार्वजनिक गरेको हो । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले उक्त तथ्याङ्क सार्वजनिक गरेका हुन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसङ्ख्या दुई करोड… पुरा पढौ

सञ्चार विधयक छिट्टै ल्याउछौँ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले सञ्चार विधयक छिट्टै ल्याउने तयारी गरेको बताएका छन । प्रेस युनियन कास्कीको १०औँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै उनले भने, “गण्डकी प्रदेशमा कार्यरत सञ्चारकर्मीसँगको छलफलबाट नै सञ्चार विधयक ल्याई पास गर्ने तयारीमा छौँ । ” मर्यादित पत्रकारिता आजको आवश्यकता भएको बताउँदै मुख्यमन्त्री पाण्डेले पछिल्लो समय पत्रकारिताका नाउँमा व्यक्तिको चरित्रहत्या गर्ने काम भएको र सञ्चारकर्मीले गम्भीर तथा सोच विचारका साथ कलम चलाउनुपर्नेमा उनको जोड छ । सङ्घीयता विरोधी गतिविधि चलिरहेको वर्तमान अवस्थामा सञ्चारकर्मीले… पुरा पढौ

मन्त्रीसमक्ष सेवाग्राहीका गुनासा

गण्डकी प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवालाई चुस्त बनाउन आवश्यक नीतिगत र व्यवस्थापकीय सुधार गरिने प्रतिबद्धता बताएका छन। बुधबार पोखरास्थित यातायात व्यवस्था कार्यालयको अनुगमनका क्रममा उनले सेवाग्राहीबाट आएका गुनासा र समस्या समाधानका लागि मन्त्रालय तहबाट पहल र सहजीकरण गर्ने बताए । मन्त्रालयका उपसचिव टीकाराम पौडेलसहितको अनुगमन टोलीसमक्ष सेवाग्राहीले सेवा लिँदा खेप्नुपरेका समस्याबारे जानकारी गरएका थिए । सेवाग्राहीले खानेपानी अभाव, अव्यवस्थित र झन्झटिलो सेवा प्रवाह, पुराना सवारीसाधनबाट ट्रायल दिनुपर्नेलगायत… पुरा पढौ

गण्डकीमा सबैभन्दा बढी आर्थिक वृद्धिदरको अनुमान

यसवर्ष गण्डकी प्रदेशमा सबैभन्दा बढी र बागमती प्रदेशमा सबैभन्दा कम आर्थिक वृद्धिदर अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷८० को प्रादेशिक लेखाअनुमान प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा तीन दशमलव तीन प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने अनुमान गरिएको छ । त्यस्तै, लुम्बिनी प्रदेशमा दुई दशमलव एक, कोशी प्रदेशमा दुई र कर्णाली प्रदेशमा एक दशमलव नौ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशमा एक दशमलव आठ, मधेशमा एक दशमलव सात र बागमती प्रदेशमा एक… पुरा पढौ

जनताले महसुस गर्ने गरी काम गर्छौ :गण्डकी मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताले अनुभूति हुने गरी काम गर्ने बताएका छन् । नेपाली कांग्रेस बागलुङले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले आगामी नयाँ आर्थिक वर्षमा आउने बजेटमा जनताको आवश्यकतासँग जोडिएका कार्यक्रम समावेश हुने बताए । “आगामी आर्थिक वर्षको बजेट जनताका आवश्यकताका आधारमा आउँछ, कनिका छरे जस्तो बजेटले विकास हुन सक्दैन, जनताले दख्ने र महसुस गर्ने गरी काम गर्नेछौँ”, उनले भने । साना योजना र कामका लागि स्थानीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ । रासस पुरा पढौ