चापाकोटमा रेबिज विरुद्धको खोप लगाउने कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     असाेज २१ गते २०७७ मा प्रकाशित




हिमालयन एनिमल रेस्क्यु ट्रस्ट ९हार्ट नेपाल०को आयोजनामा पोखरा महानगरपालिका वडा नम्बर २३ चापाकोटमा रहेका सडक सामुदायिक एवं घर पालुवा कुकुर बिरालोलाई रेबिज विरुद्धको खोप लगाइएको छ । विश्व पशु दिवस अवसर पारेर हार्ट नेपालले निशुल्क रेबिज विरुद्धको खोप लगाएको हो ।
सो अवसरमा ४५ कुकुर बिरालोलाई खोप लगाइएको हार्ट नेपालले जनाएको छ । चापाकोटमा विगत ५ वर्षदेखि हार्टले हरेक वर्ष यसरी नै कुकुर बिरालोलाई रेबिज विरुद्धको खोप लगाउदै आएको छ । यसका साथै हार्टले पोखराभरि नै बिगत १० वर्ष देखि रेबिज बिरुद्धको अभियान चलाउदै आएको छ । यसरी खोप लगाउने क्रममा भेटिएका केटि कुकुरहरुलाइ बन्ध्याकरण पनि गरिने गरेको हार्ट नेपालले जनाएको छ ।
हरेक वर्ष अक्टोबर ४ को दिनमा विश्व भरी नै विभिन्न कार्यक्रमको आयोजना गरेर पशु दिवस मनाइने गरिन्छ ।
सोही अवसरमा हरेक वर्ष नेचरवाच फाउन्डेसनले पशु सेवामा लागि परेका र अमुल्य योगदान पु¥याउन सफल संस्थाहरुलाई विशेष अनुदानको व्यवस्था गर्ने गरेको छ । यस वर्षको विश्व पशु दिवसको अनुदान भने एनिमल रेस्क्यु ट्रस्ट ९हार्ट नेपाल० ले प्राप्त गर्न सफल भएको छ ।
हार्टका संचालक खगेश्वर शर्मा बिगत १५ बर्ष देखि विश्व पशु दिवसमा नेपालको प्रतिनिधित्व गर्दै आउनु भएको छ भने उक्त सहयोगलाइ सडक सामुदायिक कुकुरहरुको बन्ध्याकरणको कार्यमा प्रयोग गरिने शर्माले बताउनुभएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।