पोखरेली युवा ब्यबसायी पर्यटन प्रवद्र्धनका लागि सौराहा पुगे


     सन्देश श्रेष्ठ    
     असाेज २८ गते २०७७ मा प्रकाशित




पोखराका युवा ब्यबसायीहरु पर्यटन प्रवद्र्धन गर्न सौराहा पुगेर फर्केका छन् । विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) का कारण थिलथिलो भएको पर्यटन ब्यबसायलाई पुर्नजागरण गर्ने सन्देश दिन पोखराका स्थापित युवा ब्यबसायीहरु साईकल ¥याली गर्दै सौराहा पुगेर पुनः पोखरा फर्केका हुन् ।

असोज २१ गते सौराहा गएको टोली २२ गते सौराहामै बास बसेर २३ गते फर्किएको उनले बताए । हाम्रो उद्धेश्य भनेको थलिएको पर्यटनलाई पुर्नजागृत गराऔं भन्ने सन्देश दिनु हो, उनले भने,‘थिलथिलिएको पर्यटनलाई अब चलायमान गराउनुपर्छ र त्यसका लागि हामी तयार छौं भन्ने सन्देश दिनुपनि हो ।’ उनले पोखरासहित पर्यटकीय क्षेत्रहरु सुरक्षित छ है भनेर सन्देश दिनुपनि आफूहरुको भ्रमणको उद्धेश्य रहेको प्रष्ट्याए । अबपनि हामी चुप लागेर बस्यौं भने पर्यटन रिभाइव गर्न मुश्किल हुन्छ, त्यसैले यसको शुरुवात गर्नुपर्छ भनेर हामीले अगुवाई गरेका हौं ।’

पर्यटन प्रवद्र्धनका लागि निस्केका युवाहरुले जसले जहाँबाट सक्छ त्यहिंबाट अब पर्यटन प्रवद्र्धनसहित अर्थतन्त्र चलायमान बनाउने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् ।

¥यालीमा युवा ब्यबसायी सोभितमान बुद्धाचार्यसहित युवा उद्यमी मञ्च (एनवाईएफ) पोखराका अध्यक्ष पुनित वैद्य, युवा ब्यबसायीहरु साझेन्द्रसिंह हमाल, स्वप्नील वैद्य, अरुण गुरुङ, कुशल पालिखे, सुसीन लामा, रेक्स मल्ल, बिराज केसी र बरदान ताङ्वे लामासहित १० जना सहभागि थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।