पिसीआर परिक्षण गर्न शुरु गरेको लाइफ केयर ल्याव ।
पोखरामा नीजि क्षेत्रले सञ्चालन गरेको कोरोना परिक्षणको रिपोर्ट ३ घण्टामै आउने भएको छ । सरकारले कोभिड–१९ को परिक्षण गर्ने अनुमति दिएपनि पिसीआर जाँच गर्न शुरु भइनसकेको पोखरामा लाइफकेयर डाइग्नोस्टिक प्रा.लि. (लाइफकेयर ल्याब)ले पिसीआर परिक्षण शुरु गर्दै त्यसको रिपोर्ट सामान्यतया २४ घण्टामा दिने भएपनि अत्यावश्यक परेको खण्डमा ३ घण्टामै दिने दाबी गरेको हो । पोखरामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र प्रदेश स्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेशमा मात्र पिसीआर जाँच हुँदै आएको थियो । पोखराको चरक हस्पिटलसहित विभिन्न अस्पतालले स्वाब संकलन गरेपनि पिसीआर जाँच भने गर्न शुरु गरेका थिएनन् ।
पोखरामा नीजि क्षेत्रले पिसीआर जाँच नगर्दा सरकारी अस्पताल जानुपर्ने बाध्यता रहेको थियो । तर लाइफकेयर ल्याबले कोरोना परिक्षणको पिसीआर जाँच गर्न शुरु गरेसँगै पैसा हुनेले सहजै पिसीआर जाँच गर्न पाउने भएका छन् । ‘सामान्यतयाः पिसीआर जाँचको रिपोर्ट लिन २४ घण्टा लाग्ने भएपनि अत्यावश्यक पर्नेलाई हामी ३ घण्टामै पिसीआर रिपोर्ट दिन सक्छौं’–अस्पतालका प्रबन्ध निर्देशक शुक्रराज कँडेलले भने । उनले पिसीआर जाँचका लागि २ हजार रुपैयाँ लाग्ने जानकारी दिए । यो सरकारले नै भने अनुसारको रकम भएको उनको भनाई छ । ल्यावमा राखिएको पिसीआर मेसिनले एक पटकमा ९६ वटा टेष्ट गर्न क्षमता रहेहो उनले जानकारी दिए । ‘अमेरिकी ब्राण्डको उच्च प्रविधिको ९६ वेलप्लेट आरटिपिसिआर मेसिन (एक पटकमासकिने) ल्याबमा राखिएको छ’–उनले भने । दैनिक ५ सय स्वाब परिक्षण गर्नसक्ने क्षमता रहेको भन्दै उनले भने,‘आवश्यकता अनुसार २४ घन्टा नै परीक्षण गर्छौं ।’
नेपाल सरकारबाट स्वीकृति लिइ गण्डकी प्रदेशमै पहिलो पटक निजी क्षेत्रबाट कोभिड–१९ (कोरोना भाइरस)को पिसिआर परीक्षण गराउन सुरु गरेको ल्याव सञ्चालक डा. अमर नागिलाले जानकारी दिए । उनले कोभिड परीक्षणका लागि मात्रै १ करोड रुपैयाँ भन्दा बढी थप लगानी गरी प्रयोगशाला स्थापना गरिएको बताए ।
राजधानी काठमाडौंमा रहेका स्तरीय ल्याब बराबरकै सुविधा लाइफकेयरमा रहेको डा.नागिलाले बताए । सरकारको निर्णय अनुसार पिसीआर परीक्षण शुल्क २ हजार रुपैयाँमात्रै लिइने र अन्य शुल्क नजोडिने उनले बताए ।
ल्यावमा पोखरा विश्वविद्यालयमा प्राध्यापन गरिरहेका डाक्टर अमर नागिलासहित ल्याब्रोटरी साइन्समा विद्यावारिधी गरेका ४ जना डाक्टरको प्रत्यक्ष निरीक्षण तथा आबद्धता रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी स्पोर्टस क्लबको अध्यक्षमा दीपकराज मुल्मी चयन भएका छन्।क्लबको शनिबार पोखरामा सम्पन्न…






