कास्की काँग्रेसद्वारा दशैं, दिपावली, छठ, नेपाल सम्वत, ल्होछार र इदको शुभकामना


     एभरेस्ट आवाज    
     कार्तिक २ गते २०७७ मा प्रकाशित




नेपाली काँग्रेस कास्कीले विजया दशमी, दिपावली, छठ, नेपाल सम्वत्, ल्होछार र इदको अवसरमा शुभकामना व्यक्त गरेको छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी सम्पूर्ण नेपालीमा सुख, शान्ति र सम्वृद्विको शुभकामना व्यक्त गरेका हुन् ।
कोरोनाका कारण यसपटक विगतमा जस्तो चाडपर्व मनाउन सहज अवस्था नरहेपनि आवश्यक सावधानी र सतर्कता अपनाउदै चाडपर्व मनाउन आग्रह गरिएको छ ।
विज्ञप्तिमा नेपाली जनताको आर्थिक अवस्था दयनीय भइरहेको अवस्थामा जनप्रतिनिधिलाई भत्ता सुविधा दिनु निन्दनीय भएको भन्दै आलोचना गरिएको छ।
कोरोना महामारी नियन्त्रण र रोकथाम गर्न असफल सरकारले चाडपर्वको समयमा मनोमानी सृजना गरिएको महंगी नियन्त्रण गर्न समेत असफल भएको भन्दै ध्यानाकर्षण भएको उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।