गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ८५ पुग्यो


     एभरेस्ट आवाज    
     कार्तिक २ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ८५ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान पौने १० बजे अद्यावधिक गरेको विवरण अनुसार प्रदेशमा हालसम्म ५ हजार ६ सय ८५ कोरोना संक्रमितको संख्या उल्लेख छ।

स्वास्थ्य निर्देशनालयले जनाए अनुसार प्रदेशको नवलपरासी सुस्ता पूर्व जिल्लामा एकैपटक ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तिमध्ये गैँडाकोट नगरपालिकामा ३ र देवचुली पालिकाको २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। गैडाकोट नगरपालिकाका ४० वर्षीय २७ वर्षीय र ४२ वर्षीय पुरुषहरुमा कोेरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै, देवचुली पालिकाको ४८ र ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

ति सबैजना चितवनस्थित वीपी कोइराला स्मृती क्यान्सर अस्पतालको फिभर क्लिनिकबाट पहिचान भएको हो। पहिचान भएका सबै संक्रमितलाई सो अस्पतालको आइसोलेसनमा राखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ८५ पुगेको छ। स्वास्थ्य निर्देशनालयले प्रदेशका ६ जिल्लामा संक्रमण पुष्टि भएको जनाएको हो।

स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरमा १९, तनहुँमा १६ जना, कास्कीको पोखरा महानगरमा ८, गोरखामा ३, स्याङजामा ५ र लमजुङमा १ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका ९ का २ महिला, १० का १ पुरुष तथा २ महिला, १४ की १ महिला, १६ का १ पुरुष र २१ की १ महिला, तनहुँको शुक्लागण्डकीका ४ वटा वडाका ४ पुरुष तथा ३ महिला, ब्यास २ र ४ का ४ पुरुष तथा ४ महिला, भानुकी १ महिला रहेका छन्।

यस्तै, स्याङजाको चापाकोट १९ पुरुष तथा ३ महिला, वालिङका ३ पुरुष तथा १ महिला, चापाकोटका १ पुरुष, लमजुङ सुन्दरबजारकी १ महिला, गोरखाको गोरखा नगरपालिकाका १ पुरुष, तथा २ महिला मा संक्रमण भएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।