बराल बने रेवान पोखराको अध्यक्ष


     एभरेस्ट आवाज    
     कार्तिक २ गते २०७७ मा प्रकाशित




रेबानको नया नेतृत्व

रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान) पोखराको अध्यक्षमा लक्ष्मण बराल चयन भएका छन् । रेबानको पोखरामा भएको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनले बराललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

अधिवेशनले प्रथम उपाध्यक्षमा नरेशबहादुर भट्टराई, द्वितीय उपाध्यक्षमा विश्वराज पौडेल, महासचिवमा विकास भट्टराई, सचिवमा भिष्म पौडेल, कोषाध्यक्षमा लोक गुरुङ र सह–कोषाध्यक्षमा रोशनजङ्ग कार्कीलाई चयन गरेको छ । सदस्यमा दोर्जे लामा, योगेश भट्टराई, वैभव पौडेल, वीरेन शेरचन, वसन्त गौतम र राजेन्द्र ढकाल निर्वाचित भएका छन् । भीमसेन भुजेलले अध्यक्षतामा भएको उद्घाटन समारोहमा उपाध्यक्ष लक्ष्मण बरालले स्वागत तथा सचिव विकास भट्टराईले कार्यप्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।