कोरोना संक्रमित मिन गुरुङले पिसीआर गर्न नपाएपछि लेखे मुख्यमन्त्रीलाई खुल्ला पत्र : राज्यसंग गुहार माग्दा राज्य अमुक हुन्छ भने अपराधी को हुन्छ ?


     एभरेस्ट आवाज    
     कार्तिक २ गते २०७७ मा प्रकाशित




मुख्यमन्त्री ज्यु नमस्कार।मुख्यमन्त्रीको कार्यालय पोखरा, गण्डकी बिषय: ध्यानाकर्षण सम्बन्धमा।माननीय मुख्यमन्त्री ज्यू, म कोरोना संक्रमित मीन बहादुर गरुङ हु। मलाई कोरोना संक्रमण पुष्टि मिति २०७७ साल आश्विन -२६ गते भएको छ। उक्त दिन देखि मेरो परिवार र मेरो लेकाली चुलो घर र होटल टास्क ईन्टरनेशनल प्रा. लि. मा कार्यरत म संग सम्पर्कमा आएका कर्मचारीहरु महानगरको निर्देशन बमोजिम क्वारेन्टीनमा बसेको ७ अौ दिन भयो र मेरो ब्यबसाय पूर्ण बन्द छ। हामीले परिवार र कर्मचारीहरुको Paid PCR Test गराउछौ समन्वय गरिदिनु पर्यो भन्यौ महानगरलाई , हुदैन महानगरबाटनै जानु पर्छ भनियो । हामी कुर्यौ र आज महानगरको घुम्ती स्वाब केद्र मालेपाटनको कृषि तालिमकेन्द्र गयौ। तर हामीलाई तपाईहरु हाेटलको रहेछ हुदैन ।तपाईंहरु आफै गर्नुहोस भनियो? मेरो होटलको कर्मचारी र पाहुनालाई लागेको होइन, म होटल संचालकलाई लागेको हो। त्यसैले Contact Tracing Test मा परेको हो। वडाले हुन्छ भनेर हामीलाई एक हप्ता थुनेर राख्यो तर भएन। कहाँ जाने? त्यो पनि स्पष्ट भएन। मुख्यमन्त्री ज्यु हामी जाने कहाँ हो? राज्यले गैरजिम्मेवारी कुरा गर्न मिल्छ? कोरोना जस्तो महामारी रोगमा। मुख्यमन्त्री ज्युको केही दिन अगाडिको अन्तरवार्ता हेरेको थिए- गण्डकीमा समुदाय स्तरमा कोरोना छैन भन्नू भयो। मुख्यमन्त्री ज्यु म लगाएत धेरै संक्रमित साथिहरु पोखरा छोडेर बाहिर गएका छैनौ।हामी कसरी संक्रमित भयौ? कृपया हामी उत्तर चाहन्छौ। PCR घर दैलोमा भन्ने पनि सुनियो हामी गण्डकी हस्पिटल नजिकको मान्छे, मालेपाटन जादा पनि पाएनौ? समाजमा धेरै मानिस संक्रमित छन्।राज्यको यहि नीतिले गर्दा समुदायमा कुहिएर बसेकाछन्।के जनता राज्यलाई कर भुक्तान गर्न र चुनावमा भोट हाल्नका लागि मात्र हुन? मुख्यमन्त्री ज्यु हामी दास होइन संघिय गणतन्त्र नेपालको स्वाभिमानी नागरिक भएर बाच्न चाहन्छौ। मलाई लाग्छ कोरोना संक्रमण लुकाउनु अपराध हो। हामी सचेत रुपमा सार्वजनिक भएर संक्रमण रोक्नलाई राज्य संग गुहार माग्दा राज्य अमुक हुन्छ भने अपराधी को हुन्छ? मुख्यमन्त्री ज्यू जिम्मेवार उत्तर दिनु होला। धन्यवााद।।संक्रमित ….मीन बहादुर गुरुङ पोखरा-१०, अमरसिंहचोक, कास्की९८५६०३२६७६

45Shova Baral, Manoj Gharti Magar and 43 others7 comments3 sharesLikeCommentShare


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।