पोखरामा एकैदिन देखियो २० जना कोरोना संक्रमित


     एभरेस्ट आवाज    
     कार्तिक ५ गते २०७७ मा प्रकाशित





पोखरामा एकै दिन (मंगलबार) २० जनामा कोरोना संक्रमित देखिएका छन् ।

पोखरा महानगरपालिकाको ११ वटा वडामा ति संक्रमित देखिएका हुुन् । पोखराको ७, ८, १०, १२, १३, १४, १५, १६, १७, १८, २६ र ३० नं वडामा संक्रमित भेटिएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार दिउँसो ४ बजे अद्यावधि गरेको प्रेस विज्ञप्तिमा जनाएको हो । पोखराको वडा नं ७ को ३७ वर्षीय पुरुष एक, वडा नं ८ को ४१ वर्षीय पुरुष एक, वडा नं १० को ३४ र २९ वर्षीय पुरुष दुई तथा, २८ वर्षीया महिला एक, १२ नं का ४९ र ६८ वर्षीय पुरुष दुई, १३ नं वडाकी ३६ वर्षीया महिला एक, वडा नं १४ का ४२ र ४६ वर्षीय पुरुष दुई जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै, महानगरपालिका वडा नं १५ का ३५ र ३८ वर्षीय पुरुष दुई, वडा नं १६ की ५८ वर्षीया महिला एक, वडा नं १७ का २५ र ३८ वर्षीय पुरुष दुई, वडा नं १८ की २६ वर्षीया महिला एक, वडा नं २६ की ५० वर्षीया महिला एक र वडा नं ३० का ३५ वर्षीय पुरुष एक जनामा कोरोना पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार बागलुङ जिल्लामा २ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १ सय ५ पुगेको छ । प्रदेशका सबै संक्रमितहरुको पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकबाट कोरोनाको संक्रमण पुष्टि भएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।