गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १ सय ७३ जना पुग्यो


     एभरेस्ट आवाज    
     कार्तिक ६ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १ सय ७३ जना पुगेको छ।

प्रदेशको स्वास्थ्य निर्देशनालयले बुधबार दिउँसो साढे ३ बजे अध्यावधी गरेको विवरणमा उक्त संख्या खुलेको हो।

योसँगै गण्डकी प्रदेशको ४ जिल्लामा बुधबार एकैदिन ३० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। गोरखा, कास्की, लमजुङ र पर्वत जिल्लामा कोरोना संक्रमित भेटिएको हो।

निर्देशनालयले जनाएअनुसार बुधबार सबैभन्दा बढी गोरखा जिल्लामा २२ जनामा कोरोना संक्रमित पुष्टि भएको हो। ती सबै संक्रमित गण्डकी र लखन थापा गाउँपालिकाको रहेको निर्देशनालयले जनाएको छ।
त्यस्तै, बुधबार कास्कीको पोखरा महानगरपालिकामा ३, लमजुङमा ३ र पर्वतमा ३ जनामा कोरोना संक्रमित पुष्टि भएको हो।

पोखरा महानगरपालिका वडा नं २ को ६१ वर्षीया महिला एक, ७ नं वडाको ४८ वर्षीय पुरुष एक र १४ को ५१ वर्षीय एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै, लमजुङको सुन्दरबजार पालिका अन्तर्गत वडा नखुलेको ४०, ५५ र ५९ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै, पर्वत जिल्लाको पैयुँ पालिकाका २२ वर्षीय पुरुष र ३७ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो। पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणबाट उनीहरुलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।