भारतको ‘नाग एन्टी टयांक गाइडेड मिसाइल’को सफल परीक्षण


     एभरेस्ट आवाज    
     कार्तिक ६ गते २०७७ मा प्रकाशित




भारतले बिहीवार बिहान राजस्थानको पोखरणमा ‘नाग एन्टी ट्यांक गाइडेड मिसाइल’को सफल परीक्षण गरेको समाचार छ ।

मिसाइलको वारहेड परीक्षण गरिएको जनाइएको छ । रक्षा अनुसन्धान एवं विकास संगठन (डीआरडीओ) ले बनाएको यस मिसाइलको परीक्षण बिहान ७ बजे गरिएको हो। नाग क्षेप्यास्त्र पूर्णतया भारतमै निर्माण गरिएको हो। डीआरडीओले यसका विभिन्न परीक्षणहरू गर्दै आएको छ।

यस क्षेप्यास्त्रमा अचुक निशाना लगाउने क्षमता छ र शत्रुको ट्यांकलाई यसले ध्वस्त पार्न सक्ने जनाइएको छ। निकै हलुका तौल रहेको यो मिसाइल मध्यम र छोटो दूरीको क्षेप्यास्त्र मानिन्छ । यसलाई लडाकू विमान, युद्धविमान तथा अन्य हतियारमा जडान गर्न सकिन्छ।

मिसाइल सफलतापूर्व परीक्षण गरेलगत्तै भारतीय रक्षामन्त्री राजनाथसिंहले डिआरडिओलाई बधाई दिएका छन्। यो मिसाइलले १.५ किलोमिटरसम्म मार हान्ने क्षमता राख्दछ।

मिसाइल सफलतापूर्व परीक्षण गरेलगत्तै भारतीय रक्षामन्त्री राजनाथसिंहले डिआरडिओलाई बधाई दिएका छन्। यो मिसाइलले १.५ किलोमिटरसम्म मार हान्ने क्षमता राख्दछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।