गण्डकी प्रदेशमा पनि कोरोनाको उपचार खर्च विरामी आफैले बेहोर्नुपर्ने भएको छ । कोरोनाको उपचार गरिरहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले कोरोनाको उपचारको खर्च विरामी आफैले बेहोर्नुपर्ने भन्दै सूचना निकालेको हो ।
संघ सरकारले कोरोनाको उपचार खर्च गर्न नसक्ने बताएपनि गण्डकी प्रदेश सरकारले बेहोर्ने बताएको थियो । प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोनाको उपचार खर्च प्रदेश सरकारले बेहोरिरहेको बताएका थिए । तर अस्पतालका निर्देशक अर्जुन आचार्यले विहीबार सूचना निकाल्दै कोरोनाको उपचार खर्च विरामी आफैले बेहोर्नुपर्ने जनाएका हुन् । यो कात्तिक ४ गतेदेखि नै लागू भइसकेको आचार्यद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा क्यान्टिनबाट खाने खाजा तथा खानाका लागि धरौटीसमेत राख्नुपर्ने उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस आउटलेट…







