म महतगौंडा बस्छु । यो ठांउमा पहिला महतहरु बसेको भएर यो ठांउको नाम महतगौंडा रह्यो । यहाॅंको गौंडो महतहरुले काटेको भएर यो ठाॅंउको नाम महतगौंडा रह्यो ।यो ठाउमा हिजो कर उठाउने हरु महत थिए । त्यसकारण यो ठाउको नाम महतगौंडा भएको हो भनेर बिभिन्न कुरा सुनिन्छ । यि भन्दा पहिला मैले सुनेको यो ठांउमा महत बस्ने भएको कारण यो ठांउको नाम महतगौंडा भएको हो ।
मैले नै त्यहिपत्याएं त्यहि ब्याख्या गरें जब म सदा शिबजि सिद्देस्वर हरिहर मन्दिर को अध्यक्ष भएं तब हरिहर भगवान को बारेमा त्यहाॅं लाग्ने जात्राकोबारेमा बुझ्न मन लाग्यो । जति गुरुहरुलाइ हरिहर भगवान को बारेमा सोधे पनि चित्त बुझ्दो उत्तर कसैले दिन सक्नुभएन अनि लागें गहनअध्यन तिर हरिहर को बारेमा हरेक जसो गुरुले भन्ने शब्द हो आधा शिब र आधा बिष्णुको संयुक्त रुप हरिहर भगवान हुन् । यो रुप कोआबस्यकता किन पर्यो भनेर मैले धेरै गुरुलाइ सोधे किन भगवान शिब र बिश्णु ले एकै रुप धारण गर्नुपर्यो ??? बिभिन्न गुरुहरुले बिभिन्नतर्क हरु दिनुभयो तर चित्त बुझ्दो उत्तर दिनुभएन ।
चित्त बुझ्दो उत्तर को लागि अध्यन तिर लाग्दै जादा सृस्टि को शुरुवात मा सृस्टिकोपालनको जिम्मा रुद्र लाइ दिने ब्रह्मा को बचन अनुसार रुद्र घोर तपस्यामा जानुभएको र आउदा उक्त जिम्मा बिष्णु लाइ दिएपछि रुद्ररिसले चुर भएर युद्द गर्नुभएको कुरा पाए उहालाइ रोक्न को लागि स्वयं बिष्णु आउनुभएको र दुबैको युद्द हजारौ बर्ष सम्म चलेको कुरा पढेउक्त युद्द कुनै हालतमा पनि नरोकिएपछि अन्तमा ब्रह्मा ले दुबैलाइ युद्द रोक्नुहोस अब बाट तपाईंहरुलाईं हरिहर को नाम बाट पुजिनेछभनि युद्द रोकिएको कुरा उल्लेख गरिएको छ । यसले के बुझाउछ भन्दा हरिहर पहिल्यै बाट स्थापित भगवान को नाम हो जुन भगवान यतिशक्तिशालि हुनुहुन्छ कि अब उहाॅंको नाम बाट पुजिने भएको कारण नै उहाहरुले युद्द रोक्नुभयो । उहाहरुलाइ उक्त नामबाट पुज्न कोलागि आधा शिब र आधा बिष्णु झल्कने गरि मुर्तिको बिकाश भएको हो बास्तबमा त्यो रुपलाइ यस धर्तिमा भनौ यो ब्रह्मान्डमा हरिहरभनेर पुजिन शुरु गरियो तर हरिहर भगवान को बास्तबिक रुप ज्योति स्वरुप हो उहालाइ बिभिन्न स्थानमा बिभिन्न स्वरुपमा पुजिएको हो ।
यो मान्यता सहित यो बुझाइमा अडिग भएपछि निरन्तर येस्लाइ प्रमाणित गर्न सक्ने वा यसको बारेमा भन्न सक्ने गरि अध्ययनलाईअगाडि बढाएं यो क्रममा महत्व को बारेमा खोजि शुरु गरें। शृस्टि को अबस्था , यो ब्रह्मान्डको अबस्था अध्ययन शुरु गरे बिज्ञान काअनुसार यो ब्रह्मान्ड सुर्यको किरण भन्दा स्पिड का साथ फैलिदै गएको छ शुरुमा यसको ब्यासको १३ अरब प्रकाश बर्ष भएको मा अहिले९३ अरब प्रकाश बर्ष पुगेको बिज्ञान ले पुस्टि गरिसकेको छ । पछिल्लो चरण हाम्रो बिज्ञान कोपर्निकस को सुर्य केन्द्रित सिद्दान्तलाइआधार मानेर अगाडि बढेको पाइन्छ र न्युटन को गुरुत्वाकर्षण र गुरुत्वबल मा आधारित अध्ययन छ । साथै बिज्ञान ले पृथ्बिको आयु पनितोकेको छ । यसलाई ६ भागमा बाडेको बिज्ञान ले अहिले पांचौ अबस्था भनेको छ । बिज्ञानमा यो देखेपछि हाम्रो धर्म संस्कार बेद पुराणमा के छ भनेर जान्ने उत्सुक्ता जाग्यो त्यो उत्सुकता हरिहर र महतगौंडा संग पनि सम्बन्धित रह्यो । केहि ऋषि हरुले समेत स्वर्ग बनाएकोकुरा पढ्ने अबसर प्राप्त गरे ।हाम्रा ग्रन्थ का अनुसार यो पृथ्बिको आयु १००० महायुग बराबर छ । यसलाई अझ यसरि भनं ४,३२,००० ( चार लाख बत्तिस हजार बर्ष) को एक चरण हुन्छ । १० चरण को एक चतुर्युग(सत्ययुग ४ चरण ,त्रेतायुग ३ चरण , द्वापरयुग २ चरण रकलियुग २ चरण ) हुन्छ ।७१ चतुर्युग को एक मनवन्तर हुन्छ। हरेक मनवन्तर को अन्तिम मा चार चरण बराबरको ग्याप भएर अर्कोमन्वन्तर शुरु हुन्छ तेसैले यो ग्याप पहिलो र अन्तिम गर्दा १५ पटक हुन्छ ।
अहिले हामि सातौं मन्वन्तर (जस्लाइ हामि बैवस्वत मनवन्तरपनि भन्छौं ) को २८ औं चतुर्युग को अन्तिम चरण को अन्तिम युग कलियुग मा छौं । यस हिसाबले हाम्रो पृथ्बिको आयु आधा कोआसपास छ । जसरि हाम्रो पृथ्बि को आयु आधाको आशपास छ त्यसरि नै ब्रह्माको आयु पनि आधा कै आशपास छ । १००० महायुगबराबर ब्रह्माको एक दिन हुन्छ र यत्तिकै लामो एक रात हुन्छ । अहिलेका ब्रह्माको आयु पनि १०० बर्ष नै हो ।उनको भन्दा बिष्णुको आयुबढि छ र बिष्णुको भन्दा शिब को आयु बढि छ । ब्रह्माको आयु अहिले ५१ बर्षमा छ । ब्रह्माले हरेक दिन नयाॅं ऋषि गण नयाॅं मनु र नयाॅंसौर्यमण्डल बनाउनुहुन्छ । हामिले बिहान चिया बनाए जस्तो ब्रह्मान्ड बनाउने उहाॅंको दैनिकि हो । अब बिषय बस्तु तिर प्रबेश गरें अहिलेहामि जुन धर्तिमा छौंत्यहाॅं तिन भाग मध्ये दुइ भाग पानी एक भाग जमिन छ भन्छौं हामि । बास्तबमा तेस्तो होइन यो जमिन भन्दा १० गुणाबढि पानी छ जसलाई जलतत्व भनिन्छ , जल भन्दा पनि १० गुणा बढि अग्नि तत्व छ जस्ले यसलाई घेरेको छ । अग्नि तत्व भन्दा १०गुणा बढि बायु तत्व छ र यो बायु तत्व भन्दा १० गुणा बढि आकाश तत्व छ । यो आकाश तत्व भित्र धेरै ब्रह्मान्ड छन् ।
हाम्रो आकाश तत्वहेर्ने भगवान बिष्णु शिब ब्रह्मा भए जसरि अर्को आकाश तत्व को ब्रह्मान्ड हेर्ने शिब,बिष्णु ,ब्रह्मा पनि छन् सबै ठाउको समय एकै नाशकोछैन । यो समय र दुरि मापन यहि आकाश तत्व भित्र मात्र सिमित छन्ल। बिज्ञान का अनुसार यो प्रकाश मय आकाश तत्वको एकछेउबाट अर्को छेउ सम्म यात्रा गर्न को लागि सुर्यको किरण लाइ समेत २ लाख प्रकाश बर्ष लाग्छ भनिएको छ । अब यो कति बिशालहोला तपाई आफै अनुमान गर्न सक्नुहुन्छ । शास्त्र अनुसार एक ब्रह्मान्ड को जिब अर्को ब्रम्हाण्ड को नर्क मा जान पाइदैन । यसलाईआधार मान्ने हो भने यो ब्रह्मान्ड मा करिब ५४ करोड वटा पृथ्बि छन । अथवा हाम्रो जस्तो ब्रह्मान्ड ५४ करोड वटा छन् जहाॅंॅसमय र दुरिमापन गरिन्छ । र मेरो बुझाइ अध्ययन र भगवानको कृपाले प्राप्त ज्ञान अनुसार यो ५४ करोड वटा ब्रह्मान्ड भगवान कृष्णले हेर्नुहुन्छ ।अथवा भगवान कृष्णको मातहतमा ५३ करोड वटा ब्रह्मा लगाएत सम्पुर्ण शृस्टि रहेको छ । यो भन्दा बाहिर जुन घेरा छ त्यो १० गुणा बढिअन्धकार छ । जहाॅंबस्ने भगवान लाइ महाबिष्णु भनिन्छ हामिले पढ्यौं कि जब अर्जुन ले एक जना पन्डित को छोरा बचाउन प्रतिबद्दताब्यक्त गरे तर उनले सकेनन । कुनै लोक मा पनि पन्डितको छोरा अर्जुन ले भेटेनन् । अनि भगवान कृष्ण रथसहित गएको र अन्धकार भित्ररहेका भगवान महाबिष्णु मार्फत बच्चा लिएर आएको हामि पढ्न पाउछौं ।
अब यो अन्धकार भन्दा बाहिरि घेरा १० गुणा ठुलो छ जसलाईमहत्वले घेरेको छ ज्योति स्वरुप हरिहर भगवान को निबास हो त्यो । अथवा त्यहाॅं पुग्न सक्ने मात्रले हरिहर को दर्शन पाउछ तर हरेक माघ१ गते यस धर्तिको सौर्य बर्ष अनुसार पोखरा १७ महतगौंडामा हरिहर भगवान ले दर्शन दिनुहुनेछ । पृथ्बिको यो ठाउमा बाहेक अन्यत्र कहिपनि हरिहर ले दर्शन दिनुहुन्न जुन दर्शन इन्द्र, अप्सरा,गन्धर्ब र स्वयं ब्रह्मा,बिष्णु महेस्वरले समेत प्राप्त गर्न सक्दैनन् । जस्को कारण हरेकमाघ १ गते दर्शनको लागि पृथ्बिमा झर्छन् । उक्त दिन सारा ब्रह्मान्ड का भगवानहरु दर्शन को लागि यहाॅं आउने गर्नु हुन्छ भन्ने बिश्वास छ। त्यसैले जुन महत्वको गौंडो यो पुन्य भुमिलाइ मानेर बोलिदै जांदा शब्द अपभ्रंश भएर यसको नाम महतगौंडा हुन गएको हो । अनि अतिमहत्वको गौंडा भएको कारण यसको नाम महतगौंडा रहन गएको हो । हरिहर भगवान संग यो महतगौंडा नाम को सम्बन्ध अति पुरानोभएको कुरा समेत यसरि बुझ्न सकिन्छ । त्यसैले यो महतगौंडा नाम धार्मिक आध्यात्मिक हिसाबले निकै महत्वपुर्ण छ । सबैलाइ ज्ञातभएकै कुरा हो यहॅंको तिर्थस्थल लाइ गुप्त मुक्त तिर्थ भनिन्छ र ब्रम्हाणडमै यो भन्दा उत्कृस्ट तिर्थ अर्को छैन भनिन्छ। यो कुरा सेतिगण्डकि महात्म्यमा पनि पढ्न सकिन्छ ।(यस सम्बन्धि बिबरण लेखकका निजी बिचार हुन् ।
दिपक आचार्य हिन्दू परिषद् नेपालका कास्की इन्चार्ज हुनुहुन्छ ।- सम्पादक)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका…






