प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना सङ्क्रमण भएको छ । मन्त्री कार्कीले कन्टयाक्ट टे«सिङका आधारमा बिहीबार स्वाब परीक्षण गर्नु भएकामा आज कोरोना पोजेटिभ पुष्टि भएको उहाँका निजी सचिव रवि खनालले जानकारी दिनुभयो ।
मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाव परीक्षण गराउनुभएको थियो । उहाँ अहिले विराटनगरस्थित निवासमा आइशोलेसनमा बस्नुभएको छ । मन्त्री कार्कीको स्वास्थ्यावस्था अहिले सामान्य छ । उहाँले आफूसँग सम्पर्कमा रहनुभएका सबैलाई सजग रहन आग्रह गर्नुभएको छ ।
यसैगरी मन्त्री कार्कीका निजी सचिव खनानलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उहाँ अहिले सुनसरीको धरानस्थित निवासमा आइशोलेशनमा बस्नुभएको छ । उहाँको स्वास्थ्यावस्था पनि सामान्य छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१७ वैशाख । अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८१÷८२ को प्रतिवेदन…






