कार्तिक ७ पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ३ सय नाघेको छ ।
विभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा प्रदेशका ४५ जनामा कोरोना पुष्टि भएसंगै प्रदेशभर संक्रमितको संख्या ६ हजार ३ सय १२ पुगेको हो ।
क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा उनिहरुमा संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
यसरी थपिनेमा सबैभन्दा बढी नवलपुर वर्दघाट सुस्ता पूर्वका २१ जना छन् । यस्तै बाग्लुङका ९ जना, कास्कीका ४ जना, गोरखा, तनहुँ र लमजुङका २–२ जना, र पर्वतका १ पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रदेशमा हालसम्म ३ हजार ७१९ जना कोरोना संक्रमणमुक्त भएका छन् । भने प्रदेशमा कोरोना संक्रमणका कारण ५९ जनाले ज्यान गुमाएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।