भिरबाट खसेर पोखरामा एक जनाको मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक ७ गते २०७७ मा प्रकाशित




कार्तिक ७ पोखरा । पोखरामा भिरबाट खसेर एक युवाको मृत्यु भएको छ ।
पोखरा–१५ को खहरेको भिरबाट खसेर पोखराको टुटुङ्गा बस्ने वर्ष २३ का साजन परियारको मृत्यु भएको हो ।
आज विहान साढे सात बजे उनी भिरबाट खसेको थाहा पाएपछि प्रहरी त्यहाँ पुगेर अनुसान्धान सुरु गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका प्रहरी नायव उपरिक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए ।

साथीहरुसंग पोखरा घुम्न आएका एक किशोरको पोखरामा मृत्यु भएको छ ।

भारतको आन्द्रा प्रदेश घर भई मनमोहन मेडिकल कलेज काठमाण्डौंमा अध्ययन गरिरहेका वर्ष २५ का किशोर कुमारको बिहीबार पोखरामा मृत्यु भएको हो ।
घुम्नका लागि साथिहरुसंग पोखरा आएका उनी बिहीबार एक्कासी विरामी भएपछि उनलाई उपचारको लागि अस्पताल लगेकोमा अस्पताल पुर्याएको पाँच मिनेटमै डाक्टरले मृत घोषणा गरेका थिए । मृतकले नषालु पदार्थ सेवन गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

उता , तनहुँको व्यास नगरपालिकामा आज बिहान पहिचान हुन नसकेको ५०–५५ वर्षको अधबैंसे पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएो छ ।
नगरपालिकाको वडा नं ३ अन्र्तगत अनसनचौतारी स्थीत गेटमा उक्त शव फेला परेको प्रहरीद्वारा प्रसित विवरणमा जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।