पश्चिमी सीमा नाका गड्डाचौकीमा बेहोशावस्थामा भेटिएका दुई जनालाई आफन्तको जिम्मा लगाइएको छ । भारतको उत्तराखण्ड राज्यको गढवालबाट मजदूरी गरी दशैंँ मनाउनका लागि फर्केका कैलाली, भजनी नगरपालिका –१ का १८ वर्षीय कौशल बुढा र २० वर्षीय सन्तोष बुढालाई सीमा नाकाबाट उद्धार गरिएको हो ।
“सीमा क्षेत्रमै बेहोस अवस्थामा भेटिएका दुवैलाई सामान्य उपचारपछि महाकाली अस्पतालमा भर्ना गरिएपछि होश खुल्यो”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भन्नुभयो, “होश खुलेपछि परिवारजनसँग सम्पर्क गराई जिम्मा लगाएका छाँैं ।”
दुवैले भारतीय सीमावर्ती बजार वनबासा पुगेर जुस पिएपछि बेहोस भएको बताएका छन् । लुटपाट गर्ने उद्देश्यले दुवै जनालाई जुस खुवाइएको हुन सक्ने बताइएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशालामा वृक्षारोपण गरिएको छ। कोने घोथाने घोण्डे…







