लाइन विस्तारपछि गाउँ उज्यालो


     एभरेस्ट आवाज    
     कार्तिक ९ गते २०७७ मा प्रकाशित




नलगाड नगरपालिका –८ हल्चौरमा विद्युत्को लाइन विस्तारसँगै गाउँ झिलिमिली भएको छ । यहाँका करिव ५०० घरधुरीले लाइन विस्तारसँगै विद्युत् सेवा पाएका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रान्समिटर, सांसद विकास कोषको आर्थिक सहयोगमा पोल तथा तार खरिद गरी लाइन विस्तार गरेपछि हल्चौर गाउँमा विद्युत् सेवा शुरु भएको हो । स्थानीय खुमाउरी खोला जलविद्युत् आयोजनाबाट उत्पादन गरिएको विद्युत् बढी भई खेर गएको अवस्थामा हल्चौरमा लाइन विस्तार गरी सो विद्युत् प्रयोग गरिएको छ ।

 वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको विशेष पहलमा हल्चौर गाउँमा विद्युतीकरण भएसँगै हल्चौरवासीहरु खुसी भएको नलगाड–८ का रामप्रसाद खत्रीले जानकारी दिनुभयो । अहिले गाउँमा वाइरिङको काम भइरहेको छ । मन्त्री बस्नेतका अनुसार अहिले खुमाउरी खोलाबाट विद्युत् ल्याएर सञ्चालन गरे पनि केही महिनाभित्र केन्द्रीय लाइन विस्तार भइरहेकोले सोही लाइनमार्फत हल्चौरमा विद्युतीकरण गरिने बताउनुभयो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।