झापाका पुराना कम्युनिस्ट नेता डिल्लीकुमार मैनालीको ७३ वर्षको उमेरमा आज निधन भएको छ । विर्तामोड–८ देउनियाँस्थित आफ्नै घरमा आज बिहान ५ बजे उहाँको निधन भएको हो । उहाँलाई युरिक एसिड, सुगर र पेटसम्बन्धी स्वास्थ्य समस्या थियो ।
प्रजातन्त्र प्राप्तिका लागि भएको २०४६ सालको संयुक्त जनआन्दोलनमा पक्राउ परेपछि मैनालीलाई पञ्चायती सरकारले जेल सजाय दिएको थियो । पछि बहुदल आएपछि उहाँलाई सिरहा जेलबाट रिहा गरिएको थियो ।
उहाँ २०३७ र २०४३ सालमा वामपन्थी समूहबाट गरामनीको जनपक्षीय प्रधानपञ्च निर्वाचित हुनुभएको थियो । उहाँ अविवाहित हुनुहुन्थ्यो । कम्युनिस्ट विचारधाराका निष्ठावान नेता मैनाली नेकपा एमाले, माले, माओवादी, जनमोर्चालगायतका सबैजसो वामपन्थी पार्टीमाझ प्रिय हुनुहुन्थ्यो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।