गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दशैंलाई घर परिवारमा मात्र सिमित गर्न आग्रह गर्दै दशैंको शुभकामना दिएका छन् । मुख्यमन्त्री गुरुङले सोमबार शुभकामना सन्देश जारी गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) कारण उत्पन्न विषम परिस्थितिमा मनाईन लागेकाले दशैंको टीका घर परिवारमा मात्र सिमित गर्न आग्रह गर्दै शुभकामना व्यक्त गरेका हुन् । साथै उनले परिवारमा बस्दापनि सामाजिक दुरी कायम गर्न, मास्क र सेनिटाईजरको आवश्यक्ता अनुसार प्रयोग गर्न आग्रह गरेका छन् ।

मुख्यमन्त्री गुरुङले बडादशैंको मुख्य दिन बिजयादशमीको अवसरमा सम्पूर्ण गण्डकी प्रदेशवासी दाजुभाइ, दिदीबहिनी तथा आमाबुबा सम्पूर्णमा सुख, शान्ति, समृद्धी र दीर्घायूको कामना गरेका छन् । दशैंले सामाजिक एकतासमेत बलियो बनाउने भन्दै उनले अगाडि भनेका छन्,‘यस पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक, आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पु¥याउने विश्वास लिएको छु ।’ दशैं सांस्कृतिक एकताको प्रतीक भएको उल्लेख गर्दै उनले अगाडि भनेका छन्,‘हर्षोल्लासपूर्वक मनाईने यस चाडपर्वबाट भौगोलिक, सांस्कृतिक र भाषिक विविधताहरुबीच रहेको मौकिता थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण राख्न महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २६ बैशाख। र्याण्डम रिडर्स सोसाइटीको नियमित किताब परिचर्चा कार्यक्रमको १२६ औं श्रृङ्खलामा…






