पोखरामा थप २ सहित गण्डकी प्रदेशमा ४ जनाको कोरोनाले ज्यान गएको छ । पोखरा ५ र पोखरा १५ का २ सहित पछिल्लो पटक ४ जनाको मृत्यू भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम तथा प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यू हुनेको संख्या ६७ पुगेको छ ।
कोरोनाबाट पछिल्लो पटक पोखरा ५ का पुरुषको मृत्यू भएको छ । ५५ वर्षिय ती पुरुष निमोनिया र मुटु सम्बन्धी समस्याबाट ग्रस्त रहेको अस्पताल श्रोतले जनाएको छ ।
कात्तिक ६ गते कोरोना संक्रमण पुष्टी भएपछि उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसियूमा उपचाररत थिए । उनको उपचारकै क्रममा गएराती ९ः१० बजे मृत्यू भएको जनाइएको छ ।
त्यस्तै गएराती नै पोखरा–१५ का ७८ वर्षिय महिलाको मृत्यू भएको छ । चरक मेमोरियल अस्पताल पोखरामा उपचाररत उनको गएराती ११ बजे मृत्यू भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कात्तिक ८ गते कोरोना पुष्टी भएका उनलाई सोहि दिन अस्पताल भर्ना गरिएको थियो ।
यसैगरी नवलपुर जिल्ला गैंडाकोट ५ का ७३ वर्षिय पुरुषकोपनि मृत्यू भएको छ । कात्तिक ६ गते कोरोना पुष्टी भएका उनको चितवन मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यू भएको हो । त्यस्तै, नवलपुर जिल्ला कावासोती २ का ७७ वर्षिय पुरुषको आज विहान २ः३० बजे मृत्यू भएको छ । कात्तिक ३ गते कोरोना पुष्टी भएका उनको मध्यविन्दु अस्पताल नवलपुरमा उपचारका क्रममा मृत्यू भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २६ बैशाख। र्याण्डम रिडर्स सोसाइटीको नियमित किताब परिचर्चा कार्यक्रमको १२६ औं श्रृङ्खलामा…






