नेपालीको महान चाड बडादशैं सम्पन्न हुने क्रममा रहेको छ । दशैंमा सबैभन्दा धेरी आवतजावत र घुलमिल हुनु स्वाभाविक हो । योबेला धेरैले विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)को संक्रमण बढ्ने अनुमान गरेका थिए । तर यहिबेला अस्पतालहरुले कोरोना जाँच गर्ने पिसीआर परिक्षण घटायो । जसका कारण संक्रमण बढेको देखिएन, बरु घटेको देखियो ।
परिक्षणको दायरा नै घटेपछि संक्रमितको संख्या घट्नु स्वाभाविक नै हो । तर अब बुधबारदेखि पुनः अस्पतालका ल्यावहरुले परिक्षणको दायरा बढाउँदैछन् । जसका कारण संक्रमितको संख्या बढ्नसक्ने आंकलन गरिएको छ । संक्रामक रोग विशेषज्ञ डा.अनुप सुवेदी नेपालमा जाडोयामको आगमन र दशैँको अन्त्यसँगै स्थिति भयावह हुन सक्ने चेतावनी दिन्छन् । उनी भन्छन्, ‘परीक्षण कम हुने गरेकोले अबका दुई÷तीन दिन कम देखिन सक्छ। त्यसपछि दशैँ सकेर आवतजावत बढेसँगै ह्वात्तै बढ्न सक्ने देखिन्छ ।’
डा.सुवेदी अबको केहि दिनमा दैनिक ८÷१० हजारसम्म संक्रमित देखिन सक्ने बताउँछन् । नेपालमा पहिलो चरण नै नियन्त्रणमा नआईसकेकाले यो घातक बन्न सक्ने उनको भनाई छ ।
डा.सुवेदी संक्रमण रोक्न राज्य र नागरिक दुबै जिम्मेवार हुनुपर्ने बताए । उनी अगाडि थप्छन्, ‘आमनागरिकले सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने लगायत जनस्वास्थ्यका मापदण्डको पालना गर्नुपर्छ भने सरकारले परीक्षण र कन्ट्याक्ट ट्रेसिङ्ग बढाउनु पर्छ ।’
नेपालमा मंगलबारसम्म १ लाख ६० हजार ४ सय जना संक्रमित भइसकेका छन् । त्यसमध्ये १ लाख १८ हजार ८ सय ४३ जना निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट हालसम्म ८७६ जनाको मृत्यू भइसकेको छ । देशभर हाल ४० हजार ६ सय ८१ जना सकृय संक्रमित छन् ।
त्यस्तै, गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ६ हजार ७ सय ९० जना रहेका छन् । जसमध्ये ४ हजार १४ जना निको भएर घर फर्किसकेका छन् भने ६८ जनाको मृत्यू भइसकेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।