जिल्ला समन्वय समिति कास्कीको मौज्दात कोषबाट कास्कीका तीन गाउँपालिकाका १५ वटा वडा कार्यालय भवन धमाधम निर्माण भइरहेका छन् । समन्वय समिति र गाउँपालिकाकाको लागत साझेदारीमा मादी, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा वडाका भवन केही निर्माण सम्पन्न भएका छन् भने केही निर्माणाधीन रहेको जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “भवन नभएको ठाउँमा वडा भवन हाम्रो पहिलो प्राथमिकता हो । जिल्ला समन्वय समितिको मौज्दात कोषको रकमबाट गाउँपालिकासँग लागत साझेदारी गरेर जिल्लाभर १५ वटा वडा कार्यालयहरु निर्माण हुँदै गर्दा खुुःशी लागेको छ ।” मादी गाउँपालिकाको वडा नं ४ र १२ को वडा भवन निर्माण सम्पन्न भएर हालै उद्घाटन गरिएको छ । त्यसैगरी वडा नं ५,६,७,८,९ को निर्माणाधीन छ । वडा नं ३ र १० को प्रक्रिया शुरु भएको बताइन्छ । त्यसैगरी अन्नपूर्ण गाउँपालिकाको वडा नं ४,५,७,८ र ९को भवन निर्माणाधीन छन् । माछापुच्छ«े गाउँपालिकाको वडा नं ९ को वडा भवन निर्माण सम्पन्न भइसकेको सोही वडाका वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिको ६० र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारी वडाका भवन निर्माण गरिएको हो । समन्वय प्रमुख अधिकारीका अनुसार रु ६० लाखदेखी ९० लाखसम्म लागतमा भवन निर्माण गरिएको हो । सङ्घीयता कार्यान्वयन अघिको साविकको जिल्ला विकास समितिको खातामा रहेको रु ३० करोड हाराहारीको रकम सङ्घीयतापछि जिल्ला समन्वयको खातामा बचत हुन आएको हो । सोही रकम समन्वय समितिले जिल्लाका स्थानीय तहहरुको प्रशासकीय भवन तथा वडा भवन निर्माणमा लगाएको हो । पोखरा महानगरलाई रु आठ करोड तथा अन्य चार गाउँपालिकालाई रु चार करोड नघट्ने गरी मौज्दात रकम विनियोजन गरिएको थियो । सो रकम पालिकाहरुले साझेदारीमा वडा भवन नभएका ठाउँमा भवन निर्माणका लागि माग गरेका हुन् । विनियोजित रकम कतिपय पालिकाले भने गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने भएका छन् । समन्वयले सटर तथा जग्गा भाडा लगायतबाट वार्षिक रु एक करोड बराबर आन्तरिक आय गर्दै आएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २६ बैशाख। र्याण्डम रिडर्स सोसाइटीको नियमित किताब परिचर्चा कार्यक्रमको १२६ औं श्रृङ्खलामा…






