नयाँ संविधान जारी भएदेखि जिल्लामा हालसम्म २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट भारतीय महिलालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारका अनुसार आर्थिक वर्ष २०७२÷२०७३ देखि २०७६÷२०७७ अङ्गीकृत नागरिकता दिइएको हो । वैवाहिक अङ्गीकृत नागरिकता लिनेमा आव २०७६÷२०७७ मा पाँच, २०७५÷२०७६ मा ६, २०७४÷२०७५ मा तीन, २०७३÷२०७४ दुई र २०७२÷२०७३ मा चार जना रहेको जिप्रकाले जनाएको छ ।
संविधानमा वैवाहिक अङ्गीकृत र अङ्गीकृत गरी दुई प्रकारका अङ्गीकृत नागरिकता छ । एक प्रकारको जिप्रका र अर्को गृह मन्त्रालयबाटै वितरण हुने जिप्रकाले जनाएको छ । नयाँ नगारिकता ऐन बनेपछि भने हालसम्म २०४ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएको जिप्रकाको तथ्याङ्क छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ११ जेठ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग…







