नेपालमा झण्डै २ हजार जनामा कोरोना पुष्टि


     एभरेस्ट आवाज    
     कार्तिक १२ गते २०७७ मा प्रकाशित




कार्तिक १२ काठमाडौं । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ६२ हजार नाघेको छ ।
बुधबार देशभरका प्रयोशालामा गरिएको ८ हजार २ सय ४८ नमुना परीक्षणमा १९ सय ५४ सय जनामा कोरोना पुष्टि भएुसंगै संक्रमितको संख्या बढेको हो ।
यो संगै हालसम्म नेपालमा कुल संक्रमितको संख्या एक लाख ६२ हजार ३५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ छ ।

यस्तै आज देशभर २९ सय ८१ सय जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख २१ हजार ८२४ छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या ८८७ पुगेको छ ।

नेपालमा हालसम्म देशभर १४ लाख ९ हजार २९५ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।