वडा सदस्यलाई कोरोना भएपछि वडा नम्बर २७ को कार्यालय बन्द


     एभरेस्ट आवाज    
     कार्तिक १२ गते २०७७ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर २७ को कार्यालय अनिश्चितकालका लागि बन्द भएको छ । एकजना वडा सदस्यलाई कोरोना संक्रमण भएपछि वडा कार्यालय अनिश्चित कालका लागि बन्द गरिएको वडाध्यक्ष पूर्णकुमार गुरुङले जानकारी दिए । उनका अनुसार संक्रमित जनप्रतिनिधिलाई पहिले स्वास्थ्यमा सामान्य समस्या भएपनि अहिले ठीक भइसकेको छ ।

आकस्मिकबाहेक सबै काम बन्द रहने र अर्को सूचना आएपछि मात्र खुल्ने उनले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।