आचार्य दम्पती
कोरोना रोकथाम तथा नियन्त्रणका लागि फ्रण्टलाईनमा बसेर खटिदै आएका पोखरा महानगरपालिकाका स्वास्थ्य अधिकृत हरिलाल आचार्य दम्पतीलाई नै कोरोना संक्रमण भएको छ । महानगरपालिका भित्र कोरोना नियन्त्रणका लागि दिनरात खटिदै आएका आचार्य र उनकी श्रीमती तीलकुमारी आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको हो । आचार्यले सामाजिक सञ्जाल फेसवुकमा बुधबार बेलुका स्टाटस लेख्दै आफू र आफ्नी श्रीमतीलाई कोरोना संक्रमण भएको पुष्टी भएको जनाएका छन् ।
फेसवुक स्टाटसमा उनले कोभिड–१९ बिरुद्धको विगत ८ महिनादेखिको संघर्षपूर्ण मोर्चामा सावधानी र सचेतताका साथ सहभागि हुँदाहुँदैपनि अनपेक्षित रुपमा संक्रमण भएको उल्लेख गरेका छन् । उनले आफूहरुको आत्मविश्वास र दृढ ईच्छाशक्तिले एकान्तवासको अवधि छोटिएर चाँडै कोरोनालाई जित्ने विश्वास व्यक्त गरेका छन् । उनले आफूहरु होम आइसोलेसनमा रहँदामापनि महानगर कार्यालयमा रहँदा गरिने स्वास्थ्य सम्बन्धी काम आफ्नो स्वास्थ्यले साथ दिएसम्म गर्ने प्रतिबद्धता जनाएका छन् ।
आचार्यले कोरोनासँग बच्न साबधानी र सतर्कता अप्नाउन महानगरवासी सम्पूर्ण सर्वसाधारणमा आग्रह गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।