कार्तिक १३ पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार नाघेको छ ।
बिहीबार दिउँसो प्रदेशका कास्की, पर्वत, म्याग्दी, तनहुँ,गोरखा ,लमजुङ र नवलपुर वर्दघाट सुस्ता पूर्वमा मा गरी थप ५६ जनामा संक्रमण देखिए सँगै प्रदेशमा संक्रमितको संख्या सात हजार नाघेको हो ।
बुधबार क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल चितवन र बि.पी. कोइराला क्यान्सर अस्पताल चितवनमा गरिएको नमुना परिक्षणमा उनीहरुमा कोरोना संक्रमण भएको गण्डकी स्वास्थ्य निर्देशनालयले विज्ञप्ती मार्फत जनाएको छ ।
निर्देशनालयका अनुसार आज दिउँसोसम्म थपिनेमा सबैभन्दा धेरै गोरखाका २७ जना छन् । यस्तै कास्कीका ९ जना, तनहुँका ७ जना, म्याग्दी र नवलपुरका ५–५ जना, पर्वतका २ जना र लमजुङका एक जना रहेका छन् ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार १ पुगेको निर्देशनालयले पुष्टि गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।